२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

वीरेन्द्रनगर–१०, सुर्खेतकी रामकुमारी सुनार (५६) को घरमा गएको असोज महिनामा एक्कासी बन्दुक सहितको प्रहरी टोली प्रवेश गर्‍यो । घरमा बिरामी श्रीमान् मात्रै थिए, छोराछोरी बाहिरै थिए ।

९ फाल्गुन २०८०, बुधबार १५:४५

Share

gsahdfgajhsfdgj

वीरेन्द्रनगर१०सुर्खेतकी रामकुमारी सुनार (५६) को घरमा गएको असोज महिनामा एक्कासी बन्दुक सहितको प्रहरी टोली प्रवेश गर्‍यो । घरमा बिरामी श्रीमान् मात्रै थिएछोराछोरी बाहिरै थिए ।

प्रहरी देखेर रामकुमारी बेहोश भइन्घरमै ढलिन् । प्रहरीले मलाई निकै बेर चिमोटेछम उठ्दा मेरो शरीरभरि निला छापहरू थियोकपाल उखेलिएको थियो उनी रोइन्, ‘नाटक गरेको हो कि के गरेको भन्दै चिमोटेछसर ।

अहिले प्रहरी देख्दा पनि उनलाई डर लाग्छ । घरमा अहिले पनि पुलिस आएको आयै गर्छ सुनारले भनिन्, ‘मेरो फर्किएर जानसक्ने स्थिति छैनछोराछोरीलाई यो कुरा थाहै थिएन । प्रहरी गएको गयै गर्न थालेपछि अब थाहा पाए होलान् ।

रामकुमारीले २०७७ साल माघफागुन महिनातिर ४ लाख रुपैयाँ स्थानीय विष्णु गिरीबाट ऋण लिएकी थिइन् । त्यो बुझाइसकेर उनले बैंकको भौचर पनि लिएकी छन् । तरयो बीचमा विष्णुका श्रीमान् दीपकले ११ लाखको तमसुक बनाएको उनी बताउँछिन् ।

मलाई खाली पानामा सही गराइएको थियोचुक्ता गर्ने भनेपछि म कागज गर्थें रामकुमारीले सुनाइन्, ‘तरचुक्ता गर्न भनेर जाँदा उल्टै ऋण बढिरह्यो ।

रामकुमारी सुनार

त्यतिबेला आफूसँग भएको ५ तोला सुन समेत बिक्री गरेर पैसा दिएको उनी बताउँछिन् । पटकपटक गरेर त १७/१८ लाख रुपैयाँ तिरें होला उनी भन्छिन्, ‘बोलाउँदै पैसा दे भनेर धम्की दिन्थिन्खातामा हाल्दिन्छु भन्दा पनि किन हाल्नुपर्‍यो भनेर कराउँथिन् ।

प्रहरीले उनलाई लैजान नसकेपछि साहुले अदालतमा मुद्दा दर्ता गरे । उनका भनाइमामैले तिरेको विवरण देखाएँ । तरअदालतले उनकै तमसुकलाई मात्रै आधार मान्यो । मलाई फेरि ११ लाख दिन भन्दै अहिले यातना दिएको दियै छन् उनी प्रश्न गर्छिन्, ‘लिएको भए जसरी पनि दिन्थेंतर लिंदै नलिएको त्यत्रो पैसा मैले कहाँबाट ल्याउँ ?