२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

बचतकर्तालाई तीन गुणा महँगोमा जग्गा भिडाउँदै गौतमश्री सहकारी अध्यक्ष रामबहादुर

१६ फाल्गुन २०८०, बुधबार १४:५८

Share

१६ फागुन, काठमाडौं । बचतकर्ताको रकम अपचलन गरी निजी सम्पत्तिमा रुपान्तरण गर्दै आएका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष रामबहादुर गौतमले निक्षेप फिर्ता गर्नुको साटो अति महँगोमा जग्गा भिडाउने नयाँ धन्दा सुरु गरेका छन् ।

देशका विभिन्न स्थानमा सस्तोमा जग्गा बैना गरी त्यही जग्गा तीन–चार गुणा महँगोमा बचतकर्तालाई किन्न बाध्य पार्ने दलाली पेशा उनले थालेका हुन् ।

डेढ वर्षअगाडि नै गौतमश्रीलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरे पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आंशिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । राजनीतिक संरक्षणमा सहकारीलाई समस्याग्रस्त हुनबाट उनले बचाएका थिए ।

सहकारी विभागमा सहकारी संस्थाका सेयर सदस्य बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै उजुरी गरेपछि १९ साउन २०७९ मा विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफरिस गरेको थियो । तर, सहकारी मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गर्नेभन्दा पनि पुनः अध्ययन गर्नू भन्दै विभागमा फिर्ता पठाएको थियो ।