हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
९ चैत,बुटवल । ओभरलोड सामान बोकेका भारतीय मालवाहक ट्रकलाई सरकारी निकायले नियमन नगरेको भन्दै ट्रक व्यवसायीले गन्तव्यमा पुग्नबाट रोकेका छन् ।
भारतबाट मार्बललगायत सामान बोकेर बेलहिया नाका हुंदै काठमाडौं र पोखरा जान हिंडेका ४ वटा ट्रकलाई रुपन्देहीका ट्रक व्यवसायीले भैरहवा भन्सार कार्यालय नजिकै गए रातिदेखि रोकेर राखेका हुन् । रुपन्देहीमा रहेका दुई वटा ट्रक समितिमा आवद्ध व्यवसायी रातभर सडकमै सुतेर भारतीय ट्रकलाई रोकेका हुन् ।
भारवाहन नियमन सम्बन्धी निर्देशिका २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्नेबारे जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गत पुस १२ गते सहमति भए पनि बेवास्ता गरेको भन्दै सडकमा आएर रोक्नु परेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले बताए ।
उनले भने, ‘भारतीय ट्रकलाई १५ सय जरिवनाका भरमा देशभर ओभरलोड बोक्न दिने हो भने नेपालका ४५ हजार ट्रक व्यवसायीको लगानी डुब्छ, हजारौं मजदुर बेरोजगार हुन्छन् । त्यसकारण हामीले भारतीय ट्रकलाई रोकेका हौं।’