२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

आन्दोलनलाई दमन गरेको भन्दै राप्रपाद्धारा गृहमन्त्रीको राजीनामा माग

२७ चैत्र २०८०, मंगलवार २१:०८

Share

rajendra-linden-rpp-leader-speaking

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । आफूहरुको मंगलबारको आन्दोलनमा दमन गरेको भन्दै राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

राजसंस्था र हिन्दूराज्य पुनस्थापनासहित ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपा आन्दोलनमा उत्रिएको थियो । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा राप्रपाका साँसद ज्ञानेन्द्र शाहीसहित नेता कार्यकर्ता पक्राउ परेका छन् ।

प्रदर्शनपछि आयोजित कोषसभामा सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भने, ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं । आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’ उनले आजको प्रदर्शनमा भएको प्रहरी दमनको विरोध पनि गरे ।

undefined