हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर मंगलबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सहकारी प्रकरणमा लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानका साथ कांग्रेसले आज पनि सांसद अवरोध गरेको हो ।
संसदीय समिति नबनेसम्म सदन नचल्ने कांग्रेसले अडान लिएका थिए । सत्तापक्षका सांसदहरूले विनाप्रमाण छानबिन समिति गठन गर्न नमिल्ने बताउँदै आएका छन् ।
कांग्रेस सचेतक सुशीला थिङले करोडौं सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानबिन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने बताइन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए । तर, कांग्रेसले बोल्न नदिएपछि सत्तापक्षीय साँसदहरु पनि उभिएर विरोध जनाएका थिए । अवरोध जारी रहेपछि उनले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

