२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को अन्तिम खेल आज

२७ चैत्र २०८०, मंगलवार २१:२५

Share

नेपाल ‘ए’ को अन्तिम खेल

काठमाडौं । नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज आयरल्यान्ड ‘ए’ विरुद्ध खेल्दैछ ।

खेल बिहान ९ः३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

उता आयरल्यान्ड भने नेपालको सिनियर टोलीसँग दुई टी(२० खेलमा दुवैमा पराजित भएको थियो ।

त्यसैगरी, नेपालको सिनियर टोलीले आजै भारतमा एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग खेल्दैछ । खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ ।

भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति नेपाली क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको सामना गर्नेछ ।

प्रतियोगिताको फाइनल भारतको गुजरात, वापीमा हुनेछ ।

नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई आठ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा पुनः गुजरातलाई आठ रनले हराएको थियो ।

तर, अन्तिम खेलमा भने नेपाल बरोडासँगै ३७ रनले पराजित भएको थियो ।