हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
काठमाडौं । बाबुको बिंडो थाम्दै आशिष घिमिरे यतिबेला टेलिसिरियल ‘रिटायर हल्दार’को दोस्रो सिजन निर्देशन गर्दैछन् । उनी प्रसिद्ध हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा समेत हुन् ।
आशिषको निर्देशनमा सिरियलको आठ एपिसोड छायांकन सकिएको छ । रोचक के छ भने छोरालाई सघाउन माग्ने बुढा चार एपिसोडसम्म पाँचखालको सुटिङ सेटमै उपस्थित भए । छोरालाई निर्देशन कला सिकाउँदै माग्ने बुढाले मोटिभेसन पनि दिलाए ।
‘यो मेरो छोराको पहिलो पाइला हो । तिमीले जिरोदेखि धेरै कुरा सिक्नुपर्छ । संघर्ष गर्नुपर्छ,’ सुटिङ सेटमा माग्ने बुढाले भनेका छन्, ‘सजिलो छैन तर तिमी बलियो हुनुपर्छ । हार मान्नुहुन्न ।’ छोराको लागि बाबुले भनेका यी शब्द प्रेरणादायी र मार्मिक पनि अवश्य सुनिन्छ ।
यतिबेला यो सिरियलको सम्पादनको काम समन अधिकारीको रेस्क्यु क्रिएसनमा भइरहेको छ । ‘माग्ने बुढाले छोरालाई फिल्डमै उत्रिएर सपोर्ट गर्नुभयो । छोराप्रति उहाँको चिन्ता देखिन्छ,’ अधिकारीले भने ।

निर्मल शर्मा, श्रीप्रसाद थापा, प्रिया रिजाल, रश्मी भट्ट, रेश्मा केसी, केशव सापकोटा, विशाल पहारी, निश्चल घिमिरे लगायतको अभिनय रहेको यो सिरियल वैशाख ३ गतेदेखि नेपाल टेलिभिजनमा सोमबार साढे ७ बजे, मी टिभीमा सोही दिन ८ बजे प्रसारण र माउण्ट एभरेस्ट डिजिटल युट्युब च्यानलमा स्ट्रिमिङ हुने जनाइएको छ ।
दोस्रो सिजन ५१ एपिसोडको हुने समनले जानकारी दिए । उनको पोस्ट–प्रोडक्सन कम्पनी रेस्क्यु क्रिएसनले पाँच सिरियलमा काम गरिरहेको छ भने म्युजिक भिडियो निरन्तर भइरहेको छ । एक सिरियल र टिभी शो चाँडै ल्याउने समनले जनाए । २०८१ सालको अन्त्यतिर सोसियो कमेडी फिल्म निर्देशन गर्ने उनको तयारी छ ।