२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

सामाजिक अभियन्ता आशिका तामाङ, जेनजी आन्दोलनमा ‘आशिका देवी’ को उदय

१ आश्विन २०८२, बुधबार १८:५८

Share

सामाजिक अभियन्ता आशिका तामाङ पछिल्लो समय सामाजिक सञ्जालमा ‘आशिका देवी’ भनेर समेत सम्बोधन हुन थालेकी छन्। जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको घरमै पुगेर उनले खाद्यान्न, लत्ताकपडा, औषधोपचार तथा आर्थिक सहयोग पुर्‍याउँदै समाजमा गहिरो सकारात्मक प्रभाव छाडेकी छन्। उनका सहयोगका दृश्यहरू उनले आफ्नै फेसबुक पेजमा सार्वजनिक गरेकी छन्, जसले जनताको मन जित्न सफल भएको छ।

आफुलाई पाल्ने छोरा आन्दोलनमा घाईते भए पछि आशिका तामाङ सित पिडा सुनाऊंदा बखतको पिडादायी दृष्य

उनले आन्दोलनमा घाइते भएका युवाहरूलाई व्यक्तिगत रूपमा भेटेर सहयोग पुर्‍याइरहेकी छन्। यसले उनलाई ‘भगवान’ जस्तै मान्ने आवाजहरूसमेत उठेका छन्।
उनको सहयोग कार्यको विस्तृत झलक उनकै फेसबुक पेजमा देख्न सकिन्छ, जहाँ उनी घाइतेहरूसँग प्रत्यक्ष संवाद गरिरहेकी छन र घाईतेहरु तथा तिनका परिवारका सदस्यहरुको चित्कार र पुकारले उनलाई मात्र नभई सिगों नेपाली जनता माझ नै अत्यन्त गहिरो प्रभाव परेको छ। तथापी उनको यो कार्य देखेर सहयोगका थप हातहरु पनि अघि सर्न थालेका छन।