२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

मिङमा डेभिड (ग्याबु) शेर्पा पर्यटनमन्त्री बन्ने प्रबल सम्भावना, बालेन शाहको समर्थनसहित

२ आश्विन २०८२, बिहीबार १६:२८

Share

काठमाडौं, भदौं १८

विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेभिड (ग्याबु) शेर्पा संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने प्रबल सम्भावना देखिएको छ। भदौं २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको नागरिक सरकारले मन्त्रीमण्डल विस्तारको तयारी गरिरहेको छ, जसमा शेर्पालाई पर्यटनमन्त्री बनाउने चर्चा तीव्र छ।May be an image of 2 people, beard and dais
शेर्पा वातावरण संरक्षण, हिमाली पर्यटन सुधार, जलवायु परिवर्तनप्रति जागरूकता, फोहोर व्यवस्थापन, र पर्वत निर्माणमा श्रमिक अधिकारका विषयमा सक्रिय अभियानकर्ता हुन्। हालै नेपाल पर्वतारोहण संघको प्रथम उपाध्यक्षमा निर्वाचित भएका उनले पर्यटन क्षेत्रको समग्र सुधारमा योगदान दिने प्रतिबद्धता जनाएका छन्।
शेर्पाको भन्छन “यदि मलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइन्छ भने, ६ महिनामा उल्लेखनीय काम गर्ने छु। पर्यटन क्षेत्रमा भारी बोकेर आएको हुँ, अहिले वर्ल्ड रेकर्ड भएको छु। नेपालको पर्यटन, पर्यटनी बजार, व्यवसायको विषयमा जानकार छु ।”
जेनजी आन्दोलन र पर्यटनको सन्देश शेर्पाले जेनजी आन्दोलनले केही नकारात्मक अन्तर्राष्ट्रिय सन्देश दिएको स्वीकार गरे पनि नेपाल अझै सुरक्षित र पर्यटनमैत्री रहेको स्पष्ट पारे। “हिलटन होटल जस्तामा आगजनी भएको छ। यसले केही त्रास फैलाए पनि पर्यटकीय गन्तव्य र क्षेत्र सुरक्षित छ,” उनले भने।
राजनीतिक समर्थन शेर्पालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थन रहेको जनाइएको छ, जसले उनको सम्भावित नियुक्तिलाई थप बलियो बनाएको छ।