२२ चैत्र २०८२, आईतवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको बलिदान माग्ने हो?

१७ माघ २०८२, शुक्रबार ०९:५४

Share

डुक्पा शेर्पा,

काठमाण्डौं

 

आज माघ १५ गते अर्थात शहिद दिवस, वि.सं. १९९७ साल माघ १६ गते जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएका चार महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिनलाई शहिद दिवसको रूपमा मनाउन थालिएको हो। त्यो समयमा यि चार वीर शहिदहरुले तत्कालिन जहानियाँ राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना साथै नागरिक अधिकारहरुको लागि आवाज उठाऊंदा आफ्नो ज्यानै गुमाऊन परेको थियो। पछि वि.सं. २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना पश्चात यस दिनलाई शहिद दिवसको रुपमा मनाऊन सुरु गरिएको हो र त्यहि समयमा काठमाडौंको सहिद गेट पनि यी चार सहिदको सम्झनामा निर्माण गरिएको हो।

त्यसपश्चात पनि नागरिक हक, प्रजातन्त्रको संरक्षण र विभिन्न राजनीतीक आन्दोलनहरु निरन्तर हुंदै गर्दा शहिद दिवसको अर्थ अझै फराकिलो र बलियो हुंदै आएको पाईएको छ। वि.सं. २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र निलम्बन गरी पञ्चायती व्यवस्था लागू गरेपछि, निरंकुश शासनविरुद्ध असन्तोष बढ्दै गयो। यसैको परिणामस्वरूप वि.सं. २०४६ सालमा जनआन्दोलन भयो, जसको मुख्य उद्देश्य पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्नु थियो। यो आन्दोलनमा करिब ५० जना भन्दा बढी नागरिकले ज्यान गुमाए।

त्यसपछि पनि शासन प्रणाली जनमुखी नबनेको भन्दै वि.सं. २०५२ सालदेखि २०६२ सालसम्म सशस्त्र माओवादी जनयुद्ध भयो। यसको उद्देश्य सामन्ती राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, सामाजिक न्याय र समावेशी राज्य व्यवस्था थियो। यो दशक लामो संघर्षमा करिब १७ हजार मानिसले ज्यान गुमाए, जसमा सर्वसाधारण, सुरक्षाकर्मी र विद्रोही सबै परे।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध वि.सं. २०६२/६३ सालमा दोस्रो जनआन्दोलन भयो। यसको मुख्य लक्ष्य निरंकुश राजतन्त्र अन्त्य गरी पूर्ण लोकतन्त्र र गणतन्त्र स्थापना गर्नु थियो। यस आन्दोलनमा २० भन्दा बढी नागरिक सहिद भए, र अन्ततः नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो।

त्यसपछि पनि अधिकार र पहिचानका सवालमा आन्दोलनहरू जारी रहे। वि.सं. २०६३/६४ देखि मधेस आन्दोलन सुरु भयो, जसको उद्देश्य मधेसी समुदायको समान अधिकार, समावेशिता र संघीय संरचना थियो। यस क्रममा विभिन्न चरणमा गरी ५० भन्दा बढी नागरिकको ज्यान गएको मानिन्छ।

जति आन्दोलन अथवा सरकार र जनता बिच जति नै संघर्ष भएता पनि पछिल्ला राजनैतीक घटनाक्रमलाई हेर्दा हरेक आन्दोलनको प्रत्यक्ष लाभ कुनै एक सिमित समुदाय व कुनै व्यक्ती तथा संगठनले मात्र पाएको देख्न सकिन्छ किनभने, २०६२/६३ सालको जन आन्दोलन ताका पनि आन्दोलनको नाऊंमा बैंक तथा वित्तिय संस्थाहरु लुट्ने समूहले निकै लाभ लिएको पाईयो, त्यस्तै निजी व व्यक्तिगत रिसीवि भएको व्यक्तिहरु सित पनि सोहि अवसरमा रिसको आगो पोख्ने सुवर्ण अवसरको रुपमा आन्दोलनको फाईदा लिईयो। घरबार तोडफोड, लुटपात, बलत्कार जस्ता घटनाहरु हरेक ठुला ठुला आन्दोलनको बिचमा आन्दोलनको मर्म विपरित हुंदै आएको आन्दोलनको अर्को पाटो जस्तै भई सकेको अवस्था देखियको छ।

यदि पछिल्लो भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनलाई पनि राम्ररी नियाल्दा अधिकांश शुद्ध आन्दोलनको मर्म लिएको आएको भएता पनि कतिपय समूहहरु आन्दोलनलाई प्रभावित पार्ने या त आन्दोलनको मौका छोपेर व्यक्तिगत वा संस्थागत रिस पोख्ने वा बदला लिने जस्ता मनसाय लिएर नै आन्दोलनमा होमिएको पाईएको छ। त्यस ताका ७८ जना युवाहरुले आफ्नो ज्यान गुमाए, कतिपय आन्दोलन कै क्रममा फरक फरक अवस्थामा मृत्यु वरण गरेता पनि मूल कारण भने आन्दोलन नै भएको हुनाले ति सबै मृतकहरुलाई शहिद घोषित गरिनु पर्छ भनेर धेरैको माग पनि थियो। तथापी आन्दोलन पश्चात बनेको शुशीला कार्कीको नेतृत्वको सरकारले पनि अव आऊंदो फाल्गुन २३ गतेको चुनावलाई मात्र आफ्नो मूल एजेण्डाका रुपमा राखेर काम कारवाही अघाडि बढाऊंदा जेन जी आन्दोलनमा शहादत्त प्राप्त गर्ने शहिदहरुको मर्म र त्याग ओझेलमा परेको जस्तो आभास व्यक्तीगत रुपमा महशुस भएको छ। आन्दोलनको समयमा वा आन्दोलन पश्चात धेरै नयां मूहारहरु राजनीतीक सतहमा देखिएको कुरा पनि उपेक्षा गर्न नसकिने विषय हो।

अन्त्यमा हरेक आन्दोलनको मर्म हुन्छ, कोहि न कोहि सपूतले सहादत्त प्राप्त गर्छ नै अनि त्यसपश्चात बन्ने सरकारले र जनता आफैंले ति शहिदहरुको मर्म र राष्ट्रको निम्ती दिएको प्राणको आहुतीलाई कहिलेई नभुलौं, मूलुकको उन्नतीको लागी ज्यान नै दिएर जाने महान शहिदहरुलाई पुर्ण सम्मान र तपाईं हामी आफैं पनि अबको नेत्रृत्व चयन गर्ने समयमा दशकौं देखिको शहिदहरुको बलिदानलाई नबिर्सी उनिहरुको बलिदानलाई खेर जान नजाने ढंगले कदम चालौं।

वीर शहिदहरु अमर रहुन
जय देश, जय नेपाल,