२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

धनगढीमा समुदायमा आधारित सरसफाई अभियान (फोटोफिचर)

७ फाल्गुन २०८०, सोमबार १४:२३

Share

८ फागुन, काठमाडौं । सरकारले गत वर्ष प्राकृतिक स्रोत प्रयोगबापत् संकलन गरेको रोयल्टी हिस्सा प्रदेश र स्थानीय तहले बल्ल पाएका छन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले प्राकृतिक स्रोतबाट गत वर्ष संकलन भएको रोयल्टीमध्ये प्रदेश र स्थानीय तहले पाउने हिस्सा उनीहरूलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियोे ।

 

‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच रोयल्टी बाँडफाँटका आधार, विधि र वित्तीय हिस्सासहितका अनुसूचीहरू स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्ने’ भन्ने निर्णय मन्त्रिपरिषद्‍बाट भएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा प्राकृतिक स्रोतबाट उठेको रोयल्टीको ५० प्रतिशत हिस्सा संघमा रहन्छ । बाँकी ५० प्रतिशतबाट २५–२५ प्रतिशत प्रदेश र स्थानीय तहले पाउने व्यवस्था ऐनमा छ ।

 

प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी बाँडफाँट गर्न विभाज्य कोष खडा गर्ने प्रावधान छ । पर्वतारोहण, विद्युत, वन, खानी तथा खनिज र पानी तथा अन्य प्राकृतिक स्रोतको रोयल्टीबाट प्राप्त रकम उक्त कोषमा जम्मा गरिन्छ ।

गत आव २०७९/८० मा सरकारले कुल ११ अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन गरेको थियो । त्यो रोयल्टीको आधा हिस्सा संघले राख्छ । बाँकी रकममध्ये आधा प्राकृतिक स्रोत तथा वित्त आयोगले बनाइदिएको मापदण्डका आधारमा प्रदेशबीच बाँडफाँट हुन्छ ।

त्यसैगरी बाँकी २५ प्रतिशत रकम पनि आयोगको सिफारिस बमोजिम स्थानीय तहहरूले प्राप्त गर्छन् ।

जुन स्रोतबाट रोयल्टी संकलन भएको हो, त्यसको ५० प्रतिशत संघ सरकारले प्राप्त गर्छ । प्रदेश र स्थानीय तहले पाउने रकममध्ये जुन स्थानको प्राकृतिक स्रोतबाट रोयल्टी संकलन भएको हो, त्यसलाई प्राथमिकता दिएर आयोगले तय गरेको मापदण्डका आधारमा रोयल्टी बाँडफाँट हुन्छ ।

उदाहरणका लागि सुपर मादी जलविद्युत् आयोजनाबाट प्राप्त हुने रोयल्टीमध्ये प्रदेशले पाउने २५ प्रतिशतको सबै हिस्सा गण्डकी प्रदेशले प्राप्त गर्छ । किनभने, यो आयोजना गण्डकी प्रदेशमा मात्रै छ ।

त्यस्तै स्थानीय तहले पाउने २५ प्रतिशतको सबै हिस्सा मादी गाउँपालिकाले मात्रै पाउँछ । तर, रुकुमगाड जलविद्युत् आयोजनाबाट प्रदेशले पाउने सबै रकम लुम्बिनीले पाउने भए पनि स्थानीय तहले पाउनेमध्ये ६२.५ प्रतिशत सिस्ने गाउँपालिका र ३७.५ प्रतिशत भूमे गाउँपालिकाले प्राप्त गर्ने वित्त आयोगले सिफारिस गरेको छ ।

विद्युत् आयोजनाको भौगोलिक अवस्थितिलाई ५० प्रतिशत भार, प्रभावित प्रदेश वा स्थानीय तहको क्षेत्रफल र जनसंख्यालाई २५–२५ प्रतिशत भारका आधारमा उनीहरूले पाउने रोयल्टीको हिस्सा तय भएको हो ।

हिमाल, वनलगायत प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटमा पनि फरक–फरक मापदण्ड तय गरिएको छ ।