२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

सिभिल सहकारी डुबाएका इच्छाराज तामाङ परिवारको सम्पत्ति कति ?

८ फाल्गुन २०८०, मंगलवार १५:४४

Share

८ फागुन, काठमाडौं । एकताका सहकारीहरूमध्ये ‘अब्बल’ दरिएको सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ्सको उपस्थिति अहिले बजारमा छैन । सिभिललाई उचाइमा पुर्‍याएर सर्वसाधारणको अर्बौं निक्षेप हुरेलधुरेल गरेका सञ्चालक इच्छाराज तामाङ केही समययता जेलमा कैदी जीवन बिताइरहेका छन् ।

पेसाले इन्जिनियर तथा प्राध्यापक तामाङले खोलेको सिभिल सहकारीमा निक्षेप बचत गर्न तँछाडमछाड हुने गथ्र्यो । अब ती सबै इतिहास भइसकेका छन् ।

सिभिल सहकारीमा सर्वसाधारणले बचत गरेको अर्बौं रुपैयाँ निक्षेप दुरुपयोग गरेको तथा सम्पत्ति शुद्धीकरण समेत गरेको पुष्टि भएपछि तामाङ जेल यात्रामा पुगेका हुन् ।

तामाङले सिभिल सहकारीबाट कसरी र कति परिमाणमा निक्षेप व्यक्तिगत व्यवसाय र कम्पनीमा लगानी गरे ? त्यसरी गरेको लगानीबाट आफू र परिवारको नाममा कति सम्पत्ति जोड्न सफल भए र कति सम्पत्ति शुद्धीकरण समेत गरे ? खासमा उनको र परिवारको सम्पत्ति कति हो ?

तामाङले आकर्षक ब्याजदरको लोभ देखाएर सर्वसाधारणबाट संकलन गरेको निक्षेप आफ्नो निजी कम्पनीमा लगानी गर्ने गरेका थिए ।

तामाङले निजी स्वामित्वको सिभिल होम्स प्रालिमा ७ अर्ब १ करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ लगानी गरेका थिए ।

तामाङ र उनका मामाससुरा केशवलाल श्रेष्ठको लगानी रहेको कम्पनीहरू सिभिल अपार्टमेन्ट प्रालिमा सिभिल सहकारीबाट बिनाधितो ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५ रुपैयाँ लगानी गरेको सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको अभियोगपत्रमा उल्लेख छ । यस्तै सिभिल स्टेट प्रालिमा ६ करोड ६८ लाख ४६ हजार ४ सय ७ रुपैयाँ लगानी गरेको थिए ।

सिभिल सहकारीमा सर्वसाधारणले जम्मा गरेको निक्षेप गैरकानुनी रूपमा तामाङ र श्रेष्ठले आफ्ना निजी कम्पनीमा लगानी गरेका हुन् । उक्त कर्जा लेनदेन हुँदा कुनै धितो सुरक्षण राखेको र मापदण्ड र प्रक्रिया समेत पूरा नगरेको देखिएको विभागले जनाएको छ ।

अर्बौ रुपैयाँको सम्पत्ति जोडेका तामाङको आम्दानी भने करोडमा मात्रै सीमित रहेको देखिन्छ । विभागको अनुसन्धानमा इच्छाराज तामाङ परिवारको आयस्रोततर्फ २७ करोड ४२ लाख १० हजार मात्रै देखिएको छ ।

यस्तै खर्च तथा विभिन्न क्षेत्रमा गरेको लगानी भने ३ अर्ब ३ करोड ४१ लाख १२ हजार ९ सय २३ रुपैयाँ देखिएको विभागले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

उक्त लगानीमा इच्छाराजको परिवारको सम्पूर्ण अवधिको आयका रूपमा देखिएको २७ करोड ४२ लाख १० हजार घटाउँदा २ अर्ब ७५ करोड ९९ लाख २ हजार ५ सय ८५ रुपैयाँ कसुरबाट प्राप्त भएको देखिएको विभागले दायर गरेको तामाङ परिवारको आयव्यय विवरण विश्लेषणबाट देखिन्छ ।

यस्तै उनले कसुरबाट आर्जन गरेको सम्पत्तिबाट बढाएको रकम ५५ करोड ८६ लाख ९० हजार ३ सय ५७ रुपैयाँ समेत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ कसुरबाट प्राप्त गरी शुद्धीकरण गरेको सम्पत्ति तथा साधन भएको पुष्टि भएको विभागको आरोपत्रमा छ ।

विभागले तामाङकी पत्नी सिर्जना शाक्यलाई पनि स्रोत नखुलेको सम्पत्ति कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ कसुरबाट आर्जन भएको र त्यसबाट बढाइएको २७ करोड ३९ लाख ५२ हजार ३ सय १५ समेत गरी १ अर्ब ३० करोड ९३ लाख ९५ हजार ८ सय २ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको तथ्य स्थापित भएको विभागको आरोपपत्रमा छ ।

तामाङकी छोरी प्रतीक्षा तामाङले ६ करोड २२ लाख ३३ हजार रुपैयाँ कसुरबाट प्राप्त गरेको लगानी र त्यसबाट बढे बढाइएको २५ लाख १३ हजार १ सय ५३ गरी ६ करोड ४७ लाख ४६ हजार २ सय ५० रुपैयाँ बिगो बराबर रकम चलअचल सम्पत्तिबाट असुल गर्नुपर्ने माग दाबी गरिएको छ ।

इच्छाराजकै अर्की छोरी प्रतिष्ठाको नाममा पनि कसुर गरेर आर्जन गरेको १ करोड ८९ लाख १८ हजार ६ सय ४६ रुपैयाँ कसुर गरेर सम्पत्ति शुद्धीकरण गरेको तथ्य स्थापित भएको विभागको जाहेरीमा उल्लेख छ ।

इच्छाराज तामाङ धनाढ्य परिवारका होइनन्

तामाङ कुनै धनाढ्य परिवारको विरासत बोकेका व्यक्ति होइनन् । अर्बौंको सम्पत्ति जोडेका तामाङको आयस्रोतको तुलनामा सम्पत्ति स्वाभाविक नदेखिएको दाबी गर्दै विभागले आरोपत्र दायर गरेको थियो ।

पुलचोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक अर्बपति व्यवसायी बन्दै गर्दा उनले सिभिल सहकारी स्रोत भरपुर दुरुपयोग गरेको थिए । उनले आफ्नो पैतृक सम्पत्तिबाट हालसम्म कुनै चलअचल सम्पत्ति प्राप्त गरेको देखिएको कुनै प्रमाण नभएको विभागले जनाएको छ ।

उनले २०५४ देखि २०६४ सम्म पुलचोक इन्जिनियरिङ कलेजमा कार्यरत रहँदा १४ लाख ४८ हजार ६ सय ३२ रुपैयाँ आम्दानी गरेको देखिएको विभागले जनाएको छ ।

उनकी श्रीमती सिर्जना शाक्यले स्थानीय पूर्वाधार विभाग अन्तर्गत डिभिजनल इन्जिनियर (डीई) पदमा २०४६ देखि २०७४ सम्म कार्यरत रहँदा ३२ लाख ७४ हजार ८ सय ३९ रुपैयाँ प्राप्त गरेको देखिएको विभागले जनाएको छ ।

यसबाहेक तामाङ र उनकी श्रीमती शाक्य आबद्ध कम्पनीहरूबाट प्राप्त आय ५ करोड १८ लाख ३० हजार र १ लाख ३० हजार ३ सय ५० रुपैयाँ देखिएको छ ।

त्यस्तै जग्गा बिक्री, सेयर बिक्री र बैंकबाट ऋण लिएको देखिएको भए पनि तामाङ परिवारको नाममा रहेको सम्पत्तिको परिमाण आम्दानीको तुलनामा स्वाभाविक र मनासिव नदेखिने विभागले दाबी गरेको थियो ।

इच्छाराजका मामाससुरा श्रेष्ठको सम्पत्ति कति ?

तामाङका मामाससुरा केशवलाल श्रेष्ठ र उनको परिवारको ४ करोड ३५ लाख ६ हजार ३ सय ६३ रुपैयाँ मात्रै आय आर्जन गरेको देखिएको विभागले जनाएको छ । तर, श्रेष्ठ र उनकी पत्नी मिनाकुमारी श्रेष्ठको मौज्दात रकम समेत कुल ३० करोड ९६ लाख ५१ हजार ८ सय ९३ रुपैयाँ खर्च तथा लगानी देखिएको विभागले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

उक्त खर्च तथा लगानीमा उनको एकासगोलको परिवारको सम्पूर्ण अवधिको आय रकम घटाउँदा हुने २६ करोड ६१ लाख ४५ हजार ५ सय ३० रुपैयाँ कसुरबाट प्राप्त गरी शुद्धीकरण गरेको सम्पत्ति देखिएको पुष्टि भएको विभागले जनाएको छ ।

अहिलेसम्म कुनै पनि पैतृक सम्पत्तिबाट कुनै चलअचल सम्पत्ति प्राप्त नगरेका श्रेष्ठको एकासगोलको परिवारमा रहेको सम्पत्तिमा रहेको लगानीको वैधानिकता पुष्टि नगर्ने दाबी विभागले गरेको थियो ।

श्रेष्ठले २०३६ सालदेखि २०६५ सालसम्म पुलचोक इन्जिनियरिङ कलेजमा कार्यरत रहँदा १४ लाख ३५ हजार ३ सय १३ रुपैयाँ पारिश्रमिक प्रात गरेको देखिएको विभागको भनाइ छ ।

यस्तै उनीआबद्ध विभिन्न कम्पनीबाट प्राप्त आय ८५ लाख ६८ हजार ३ रुपैयाँ देखिएको छ । यसबाहेक जग्गा बिक्री, पेन्सन, सेयर बिक्री र ऋण मात्रै आय रहेकाले उक्त आयले उनको लगानीको वैधानिकता पुष्टि नगर्ने दाबी विभागले गरेको छ ।

कति छ इच्छाराजको सम्पत्ति ?

सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा सिभिल सहकारी सञ्चालक इच्छाराज तामाङको नाममा साविकको सिभिल बैंकको साधारण सेयर ४ लाख ८४ हजार ४ सय ८८ कित्ता रहेको उल्लेख छ । यस्तै बैंककै संस्थापक सेयर २८ लाख ४५ हजार ७ सय कित्ता रोक्का राखिएको विभागले जनाएको छ ।