२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

१० मिनेटमै गर्न सकिन्छ पूरै शरीरलाई पुग्ने व्यायाम (भिडियो)

१२ फाल्गुन २०८०, शनिबार ०५:३९

Share

gsahdfgajhsfdgj

योगले शरीरलाई फूर्तिलो राख्छ । दिमागलाई शान्त बनाएर तनावमुक्त बनाउँछ । शारीरिक र मानसिक अनुशासन कायम गरी शरीरलाई नै एउटा लय दिन्छ । अनुहारमा चमक ल्याउनुका साथै मांसपेशी बलियो बनाउँछ ।

त्यसैले योगका यी फाइदा लिन जतिसुकै व्यस्त दैनिकी भएपनि १० मिनेट मात्र समय निकाल्ने हो भने दिनभर शरीर चुस्त रहन्छ ।

दिनको १० मिनेटमा गर्न सकिने योगासन

परम्परागत सूर्य नमस्कार

परम्परागत सूर्य नमस्कार योग अभ्यासकर्ताहरूले ‘वार्मअप’को रूपमा गर्ने गर्छन् । यो अभ्यासमा श्वासप्रश्वासको प्रवाह एकबद्ध तरिकाले लगेर अभ्यास गरिन्छ । परम्परागत सूर्य नमस्कारमा सुरुमा प्रणामासन, हस्तउठासन, हस्तपादासन, अस्वसंचालासन, दण्डासन, अष्टांग नमस्कार र ताडासन पर्छन् ।

प्रणामासन र हस्तउठासन

सबैभन्दा पहिला सिधा उभिने, खुट्टाको बुढी औंला जोड्ने अनि पेट र हिपलाई हल्का कस्नुपर्छ । त्यसपछि हातलाई छातीको बीचमा सिधा राखेर हत्केलालाई जोड्ने र केहीबेर यही आसनमा बस्नुपर्छ ।

त्यसपछि श्वासलाई लिंदै दुवै हातलाई माथि लैजाने, सकिन्छ भने हत्केलालाई जोड्ने कोसिस गर्नुपर्छ । सम्भव नभए हात खुल्लै राखेर आकाशतर्फ राख्ने र त्यसपछि हत्केलालाई तल राख्नुपर्छ ।