२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

होली खेलिसकेपछि कसरी गर्ने अनुहारको स्याहार ?

११ चैत्र २०८०, आईतवार १३:२७

Share

होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ ।

यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा पनि फरक नपरोस् ।

होली खेल्नुअघि

मोइस्चराइजर : छाला देखिने भागमा अनुहार, हात र गर्दनमा पर्याप्त मात्रामा मोइस्चराइजर लगाउन सकिन्छ । यसले एक अवरोध पैदा गर्छ र अनुहारको छालामा दाग बस्न दिंदैन ।

यस्तोमा अल्कोहल भएका मोइस्चराइजर लगाउनु हुँदैन । जहिले पनि भिटामिन ई र सी भएको मोइसचराइजर लगाउनुपर्छ ।

तेलको प्रयोग : लगाउनु छालासँगै कपालको पनि सुरक्षा गर्नुपर्छ । कपालमा रंग बस्न नदिन तेल लगाउनुपर्छ । तेल लगाएको कपालमा नुहाएपछि रंग पनि सबै जान्छ ।

सनस्क्रि : होलीको समयमा घरबाहिर उत्सव वा समारोहमा बस्दा घामबाट बच्न एसपीएफ बढी भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । घाममा जानु १५  मिनेटअघिबाट अगाडि सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

सनस्क्रिनको प्रयोग गर्दा अनुहार र घाँटीमा एक चिया चम्चा अर्थात् तीनदेखि पाँच ग्राम सनस्क्रिन लगाएर घाममा जानु उपयुक्त हुन्छ ।

कपडा : यो समयमा कपडा लगाउँदा आरामदायक र सहज खालको लगाउनुपर्छ । घामले हात डढ्न सक्ने हुँदा छोपिने लुगा लगाउनुपर्छ ।

खाको सुरक्षा : आँखामा रंग पर्न नदिन कालो र मोटो चश्मा लगाउन सकिन्छ । रंग खेल्दा कन्ट्याक लेन्स भने लगाउन हुँदैन ।

नङ : होलीमा रंग एकअर्कामा लगाउँदा नङले लागेर छालामा गाडिन सक्छ । त्यसकारण सकिन्छ भने नङ काट्दा उपयुक्त हुन्छ ।

यो पनि पढ्नुहोस

होली खेल्दा आँखाको सुरक्षा कसरी गर्ने ?

होलीपछि

होली खेल्नुअघि मात्र होइन, होली खेलेपछि पनि आफ्नो अनुहार तथा कपालको सुरक्षा गर्नुपर्छ ।

अनुहार पखाल्ने : होली खेलेपछि छालामा लागेको रंग हटाउन जति सक्दो चाँडो अनुहारलाई सादा पानीले धुनुपर्छ ।

हार्ड साबुन वा स्क्रबंग भने लगाउन हुँदैन । यसले अनुहार पोल्ने र सुक्खा बनाउन सक्छ । सादा पानीले धुँदा गएन भने कागतीको झोल, दही, बेसार, सेतो पिठो मिसाएर सफा गर्न सकिन्छ । क्लिन्जरको पनि प्रयोग गर्न सकिन्छ ।

अनुहार पखाल्न हल्कासँग धेरै नमाडीकन पाँचदेखि १० मिनेट क्लिन्जर र मनतातो पानीको प्रयोग गर्न सकिन्छ । त्यस्तै, आँखा सफा पानीले छ्याप छ्याप गरेर धुनुपर्छ ।

तर मिसावटयुक्त चाँदी जस्तो रंगमा हुने सिल्वर नाइट्रेटले छालामा दीर्घरुपमा निलो-खैरो रंग आउन सक्छ । बसन्त ऋतुको चर्को घामले यस्ता दीर्घरुपमा छालामा समस्या ल्याउन सक्छ । जसकारण यस्तो रंगबाट बच्नुपर्छ ।

कपालको हेरचाह : होली खेलेपछि कपालको हेरचाह गर्न पहिले मज्जाले पानीले कपाल धुनुपर्छ । त्यसपछि माइल्ड स्याम्पुले राम्रोसँग रङ जाने गरी मसाज गरेर धुन सकिन्छ ।

कन्डिसनरको प्रयोग : स्याम्पु गरिसकेपछि कपाललाई राम्रोसँग पोषण दिनको लागि कन्डिसनर गर्नु महत्वपूर्ण हुन्छ ।

मोइस्चराइजर/सनस्क्रिन : छाला धेरै नाजुक हुन्छ । जसकारण रंगमा मिसाइएको धेरै रसायनले छालालाई हानि पुर्‍याउँछ । अनुहार सफा गरी धोएपछि मोइस्चराइजर र सनस्क्रिन लगाउन नबिर्सनुहोस् । यी चीजहरूले छालालाई सुक्खा र एलर्जी हुन दिंदैन ।

पानी प्रस्त पिउने : यो समयमा शरीरमा डिहाइड्रेसन हुने हुँदा पानी प्रशस्त पिउनुपर्छ ।

कस्त समस्या आएमा डाक्टरको सल्लाह लिने ?

– छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने, घाउ हुने, छालामा कीटाणुको संक्रमण भएमा, ज्वरो आएमा वा अचेत भएमा

– ओठ,  आँखा, अनुहार सुन्निएमा, सास फेर्न गाह्रो भएमा, ओठ तथा औंलाहरु निलो भएमा

– एक्कासि धेरै कपाल एकै पटक झरेमा ।