हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
शरीरमा लाग्ने कैयौं रोग जस्तै छाला रोगमा पनि स्नायु र मस्तिष्कबीच अन्तरसम्बन्ध हुन्छ । किनभने मानसिक समस्याले विभिन्न प्रकारका छाला रोग निम्त्याउन सक्छ भने कतिपयलाई यिनै छालारोग दीर्घकालीनसम्म भइराख्नाले पुनः मानसिक समस्या हुन सक्छ ।
छालासम्बन्धी रोगलाई दु:ख नदिएसम्म रोग मानिंदैन । अझ दीर्घ छालारोग हुने मानसिक समस्याबारे धेरैजसो जानकार छैनन् । यसकै परिणाम हो, मानसिक समस्या ।
त्यसैले जागरुक गर्ने उद्देश्यले छाला रोग र मानसिक स्वास्थ्यको अन्तरसम्बन्ध दर्शाउनका निम्ति नोभेम्बेर १८ तारिखमा विश्वभर ‘वोल्ड साइकोडर्माटोलोजी डे’ मनाइन्छ ।
४० प्रतिशत दीर्घ छालारोग हुनेलाई मानसिक समस्या
अध्ययन तथा अनुसन्धानमा करिब ४० प्रतिशत छालाका दीर्घरोगीलाई कुनै न कुनै किसिमको मानसिक समस्या हुने देखिएको छ । जसले पुनः छालारोगलाई बढाउँछ ।
जसरी छालारोगले मानसिक स्वास्थ्यमा असर गर्छ । त्यसरी नै मानसिक अस्वस्थता र तनाव धेरै लिने मानिसलाई पनि छालारोग (डन्डीफोर, कत्लेरोग, अटोपिक एक्जेमा, पसिना धेरै आउने रोग, कपाल झर्ने रोग) बढी हुने गरेको देखिन्छ ।
दीर्घ छालारोग जस्तै, कत्लेरोग (सोरायसिस), सेतो दुबी, एक्जेमा, चाया–पोतो, डन्डीफोर (एक्ने), ढुसी (फंगल इन्फेक्सन) लगायतका रोगले शरीरको छालाको स्वरुप बिगार्छ । फलस्वरुप समय बित्दै जाँदा चिन्ता र आत्मबल कम हुँदै डिप्रेसन, चिन्तारोग (एन्जाइटी), हीनताबोध र आत्महत्या गर्ने सोचसम्मका रुपमा देखिन्छ ।
गम्भीर खालको कत्ले रोग र डन्डीफोरले करिब पाँच प्रतिशत बिरामीलाई आत्महत्या गर्ने विचारसमेत आउने देखिएको छ । यसैगरी निजामती कर्मचारी अस्पतालमा १२८ जना छालाको ढुसी (फंगस)का बिरामीमा गरेको अनुसन्धानमा ५७ जना (करिब आधा) बिरामीलाई मानसिक स्वास्थ्यमा धेरै ठूलो असर परेको देखिएको छ ।
साथै, छाला चिलाउने, पोल्ने, बिझाउने, दुख्ने समस्या भएकालाई मानसिक स्वास्थ्यमा धेरै असर गरेको देखिएको छ । यसले गर्दा सामाजिक र अतिरिक्त क्रियाकलापमा समेत असर गरेको पाइएको छ । पोखराका २०० जना चायापोतोका बिरामीमा गरिएको अध्ययनमा पनि दीर्घ रुपमा भएको चायापोतोले मानसिक स्वास्थ्यमा ठूलो असर गरेको देखिएको थियो ।
कारण
भ्रूण विकासका क्रममा छाला, मस्तिष्क र नसा एउटै कोषिकाबाट विकसित हुँदै जान्छन् । जसले स्वतः छाला र मस्तिष्कको अन्तरसम्बन्धलाई चित्रण गर्छ । यस्तै, छालारोग भएकालाई हुने तनावले स्ट्रेस हार्मोन अर्थात् तनाव हार्मोनको उत्पादन गर्छ, जसले छालामा विभिन्न प्रकारका एलर्जी र संक्रमण सिर्जना गर्छ ।
शारीरिक र मानसिक समस्याबीच अन्तरनिर्भरता
कुनै पनि रोग त्यसमा पनि दीर्घरोगले मानसिक स्वास्थ्यलाई असर गर्छ । डिप्रेसन, एन्जाइटी र आत्महत्या अहिले प्रमुख मानसिक रोगका रुपमा देखा परेका छन् । हाम्रो जस्तो विपन्न र अति विपन्न मुलुकमा विश्वको करिब ७७ प्रतिशत आत्महत्या दर देखिन्छ ।
दीर्घ छालारोगका बिरामीमध्ये करिब नौ प्रतिशतमा मुख्य डिप्रेसन र पाँच प्रतिशतमा आत्महत्याको विचार आउने तथ्यांक चिकित्सक र जनमानसका लागि पनि चिन्ता र चासोको विषय हो । यस्तै समयमै मानसिक अस्वस्थता र दीर्घरोगको निदानले मानसिक, सामाजिक र आर्थिक हानि कम गर्न सकिन्छ । मानसिक अस्वस्थता पत्ता लाग्नेबित्तिकै मनोचिकित्सकको परामर्श र उपचार लिइहाल्नु उपयुक्त हुन्छ ।
उपचार
छालारोगको समयमै रोग पहिचान र उचित उपचार गर्नाले दीर्घरोगबाट हुने शारीरिक विरूप र मानसिक असर कम गर्न सकिन्छ । निजामती कर्मचारी अस्पतालमा गरिएको अध्ययनमा करिब ७० प्रतिशत छालामा देखिने ढुसीका बिरामीले त्यसमा लगाउनै नहुने स्टेरोइड क्रिम लगाउने गरेको पाइएको छ । र, ६३ प्रतिशतमा सोही कारणले रोग दीर्घकालसम्म रहेर मानसिक असर परेको देखिएको छ ।
तसर्थ, समयमै छालारोगको परामर्श लिई रोगअनुसारको उपयुक्त उपचार गरी मानसिक अस्वस्थताबाट बच्न सकिन्छ । छालारोगका बिरामीमा भएको मानसिक अस्वस्थताको उपचार–विश्राम विधि (रिल्याक्सेसन टेक्निक), संज्ञानात्मक व्यवहार विधि (कग्निटिभ बिह्याभियर थेरापी) र मनोचिकित्सकीय औषधि प्रयोगबाट गर्न सकिन्छ । त्यसका लागि सर्वसाधारण, छालारोग विशेषज्ञ र मनोचिकित्सकहरूले सहकार्य गर्न जरुरी छ ।
(छाला तथा यौनरोग विशेषज्ञ डा. पुडासैनी नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत छन् ।)