हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
शरीर कहिलेकाहीं चिलाउनु सामान्य नै हो । तर बारम्बार शरीर चिलाउँछ भने स्वास्थ्यमा कुनै समस्या भएको हुन सक्छ । जसमा बेलैमा ध्यान नपुर्याए समस्या जटिल बन्न सक्छ ।
शरीर चिलाउने समस्यामध्ये ७५ प्रतिशत कारण थाहा हुन मुस्किल हुन्छ । गर्मीयाममा कीराहरु व्याप्त हुन्छ । यस्तोमा कीराको टोकाइले पनि शरीरमा चिलाउने समस्या देखिन सक्छ ।
त्यस्तै, मौसम परिवर्तन जस्तै, चर्को घाम, धुलो, चिसो र अत्यधिक तातो पानी, घाँटी दुख्ने समस्याले शरीरमा एलर्जी देखिन सक्छ । वंशाणुगत, एन्टिबायोटिक औषधिको बढी प्रयोग, पेटमा जुका पर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढी भएमा र हाइपोथाइराइडको कारण शरीर चिलाउने र डाबर आउने समस्या हुन सक्छ । बाल्यकालदेखि नै छालाको रोग एक्जिमा भयो भने प्रायजसो एलर्जी देखिरहन्छ । कसैलाई अत्यधिक मसालेदार खानेकुरा र मदिरा सेवनले पनि शरीर चिलाउन सक्छ ।
शरीर चिलाउने समस्या अल्पकालीन र दीर्घकालीन दुई किसिमको हुन्छ ।
अल्पकालीन अवस्था
मौसम परिवर्तन वा कीराको टोकाइले शरीरमा एलर्जी निस्किएर कम्तीमा २४ घण्टामा र लामो अवधि रहे ६ सातासम्ममा आफैं हराउँछ । यसलाई अल्पकालीन समस्या भनेर बुझिन्छ । यसलाई सामान्य मान्न सकिन्छ ।
आपतकालीन समस्या देखिए चिकित्सकको सल्लाहमा एन्टिएलर्जी औषधि लिन सकिन्छ । यसले चिलाउने र डाबर आउने समस्याबाट राहत दिन्छ । चिलाउनेसँगै आँखा सुन्निने समस्या भए परामर्शमा स्टोराइड औषधि लिनुपर्छ । यसरी औषधि लिएको छोटो अवधिमा निको पनि हुन्छ ।
तर शरीर चिलाउनेसँगै डाबर आउने, पोल्ने, ओठ फुट्ने समस्या देखिए तुरुन्तै अस्पताल जानुपर्छ ।
दीर्घकालीन समस्या
६ साताभन्दा बढी समयसम्म एलर्जी रहिरह्यो वा साताको दुई पटकसम्म आउने जाने भएमा यसलाई दीर्घकालीन समस्या मानिन्छ । चिलाउनुका साथै आँखा सुन्निने, सास फेर्न कठिन हुने, पेट काट्ने जटिलता देखिन सक्छ । यस्तोमा तुरून्त अस्पतालको इमर्जेन्सीमा गई स्वास्थ्य जाँच गराएर खाने तथा लगाउने औषधि प्रयोग गर्न सकिन्छ ।
दीर्घकालीन समस्या देखिए यति अवधिमै ठीक हुन्छ भन्न कठिन हुन्छ । त्यो शरीरको प्रकृतिमा भर पर्छ ।
चिलाएपछि कनाउन मिल्छ कि मिल्दैन ?
शरीरमा एलर्जी निस्किएपछि तालुदेखि पैतालासम्म चिलाउने, पोल्ने र दुख्ने हुन्छ । यस्तोमा सहन नसकेर कनाउने गरिन्छ । तर यसरी कनाउनु भनेको झन् जटिलता ल्याउनु हो ।
जथाभावी कनाउँदा घाउ हुने, डाबर रातो हुने, रगत बग्नेसँगै जीवाणुले संक्रमण गर्ने सम्भावना उच्च रहन्छ । अत्यधिक चिलाएमा चिकित्सकको सल्लाहमा औषधि लिनु उचित हुन्छ ।
त्यस्तै, शरीर चिलाउने बित्तिकै जथाभावी सटोरायड मलम लगाउनु हुँदैन । किनभने एलर्जी मलमले ठीक हुँदैन । यसले छाला पातलो गर्ने, डन्डीफोर ल्याउने, रौं उमार्ने र छाला रातो बनाउने गर्छ ।
रोकथाम
शरीर चिलाउने शतप्रतिशत कारण थाहा हुँदैन । जसकारण यसको रोकथामको उपाय भनेको एलर्जी आउन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नु हो । जसमा घाँटी दुखेमा त्यससम्बन्धी उपचार गर्ने, जथाभावी दुखाइ कम गर्ने औषधि अत्यधिक नलिने, जुकाको औषधि हरेक ६ महिनामा खाने, ग्यास्ट्रिक हुन नदिने, थाइराइडको उपचार गर्ने, शरीरमा कुनै पनि संक्रमण भए त्यसको उपचार गराउनुपर्छ । कसैलाई मसालेदार खानेकुरा, अत्यधिक ग्रीन टी जस्ता खानेकुराले पनि देखिन सक्छ, यस्तोमा सेवन गर्ने बित्तिकै एलर्जी देखिएमा कम गर्नुपर्छ ।
(छाला तथा यौनरोग विशेषज्ञ डा. पुडासैनी सिभिल अस्पताल र बीएससीसी स्किन एण्ड हेयर क्लिनिकमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)