२१ जेष्ठ २०८३, बिहीबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

होली सुरक्षाका लागि कोशीमा ११७ ठाउँमा चेकिङ, ४ हजार बढी प्रहरी परिचालन हुने

११ चैत्र २०८०, आईतवार १६:०२

Share

Traffic-Checkpoints

११ चैत, विराटनगर। तराईमा खेलिने होलीमा उच्छृङखल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले होली पर्वमा हुने उच्छृङखल गतिविधि नियन्त्रणका लागि सतर्कता बढाएको हो ।

होलीको सुरक्षाका लागि कोशी प्रदेशका जिल्लाहरुमा ४ हजार ८ सय बढी प्रहरी परिचालन हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले बताए । एसपी तिम्सिनाका अनुसार प्रहरीले प्रदेशका ११७ ठाउँमा चेकिङ, ९६ मोवाइल गस्ती, पैदल गस्ती, क्युआरटी परिचालन गर्नेछन्।

विराटनगरमा सिसी टीभीबाट पनि निगरानी हुने उनले बताए । उनका अनुसार त्यसबाहेक सुरक्षाका लागि ७ सय बढी प्रहरी परिचालित हुनेछन् । ३० भन्दा बढी स्थानमा चेकजाँच हुनेछ ।

मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइ गर्ने बताएको प्रहरीले अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झै-झगडा गर्नेलगायत गतिविधि गर्नेलाई कारवाही गर्ने प्रहरीले बताएको छ ।