२१ मंसिर २०८२, शनिबार
Latest News

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

इजरायली सेनाको पुष्टि : नेपालका विपीन जोशी अब जीवित छैनन्...

प्रचण्डको अपिल, जेन्जी आन्दोलन उन्नत लोकतन्त्रको अभियान, राजावादीलाई दिए दनक...

एभरेस्ट नर्थ फेस स्की परियोजनामा नेपाली शेर्पा पर्वतारोहीहरूको साहसिक नेतृत्व...

गोकर्णेश्वरमा महिलामाथि हतियार प्रहार, एक व्यक्ति पक्राउ काठमाडौं,...

मिङमा डेभिड (ग्याबु) शेर्पा पर्यटनमन्त्री बन्ने प्रबल सम्भावना, बालेन शाहको...

ऊर्जा मन्त्री कुलमान घिसिङले तलब, सुरक्षा र पदको विशेषाधिकार अस्वीकार...

सामाजिक अभियन्ता आशिका तामाङ, जेनजी आन्दोलनमा ‘आशिका देवी’ को उदय...

पाहुना पर्खंदै म्याग्दीका टोड्के पूर्णगाउँ सामुदायिक घरबास

११ चैत्र २०८०, आईतवार १६:१२

Share

Skin-Cancer

११ चैत, म्याग्दी । मङ्गला गाउँपालिका-१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास (होमस्टे) पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरबास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन ।

टोड्के पूर्णगाउँ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो समय पाहुना नआउँदा घरबास सुनसान रहेको बताए ।

फापर, आलु, मुला तथा बर्खायाममा निगालोको टुसाको परिकारको स्वाद लिन पाइन्छ । साथै यहाँ पारिवारिक वातावरणमा रमाउन पाइन्छ । गुन्द्रुकको अचार र सुप पनि चखाउने गरिएको घरबास सञ्चालक गङ्गा आचार्यले बताए ।  पर्यटक नआउँदा आम्दानीको अवसरबाट बञ्चित भएको उनले बताए ।

अग्रिम जानकारी गराए खीर, लोकल कुखुरा, खसीको मासु, सेलरोटीका साथै भजन, चुड्का, पुर्ख्यौली र पञ्चेबाजामा रमाउन पाइन्छ । उनका अनुसार पाहुनाघरमा स्वागत सत्कार गरेर बास बस्न घरघरमा लैजाने गरिएको छ ।

म्याग्दीको बेनीदेखि एक घण्टा ३० मिनेट गाडी र पाँच घण्टा पैदलयात्रा गरेपछि पूर्णगाउँ पुगिन्छ । पूर्णगाउँदेखि एक घण्टा उकालो पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको टोड्के पुगिन्छ ।

लालीगुराँसको जङ्गलकाबीचमा रहेको पहाडको टाकुरा टोड्केदेखि सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र पृष्ठभूमिमा धवलागिरि, नीलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छे« हिमाल अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा टोड्केको पाखा लालीगुराँस फुलेर रङ्गिएको छ ।

छोटो अवधिको बिदा मनाउन र सहरी क्षेत्रको कोलाहलबाट मुक्त भएर एकान्त वातावरणमा रमाउनका लागि टोड्के उपयुक्त गन्तव्य हो । सडक यातायात पुगेको टोड्केमा खान, बस्नका लागि व्यवस्थित होटल र घरबास पनि छ ।

धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्गमा समेटिएको टोड्के हुँदै मालिका, ठाडाखानी, कुइँनेखानी, झिँलगायतका गाउँ र धार्मिक पर्यटकीयस्थलको भ्रमणमा पनि जान सकिन्छ ।