अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी परिक्रममा सहभागी हुन नसेका धेरै मानिस अन्तरगृह परिक्रममा सामेल हुने गर्दछन् ।
मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू-भागको पद यात्रा गरिन्छ ।
मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख,कष्ट कलेशबाट मुक्त एवं मनोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास छ ।
त्यसैले अहिले पनि हजारौ धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट श्रद्धालु तथा साधुसन्तहरु परिक्रममा सहभागी हुने गर्दछन् । खानपानसहित बन्दोबस्तीका सामानसहित श्रद्धालुहरु परिक्रमा सहभागी हुन्छन् ।
वृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरिन्छ । डोलामा पछिपछि परम्परागत बाजाँगाजा, झाकी कीर्तनसहितका मौलिक पहिरन, बन्तोबस्तीका सामानसहित खास गरी पाको उमेरका नरनारीहरु सहभागिता हुने गर्छन् । भोलि परिक्रमा समापन भएपछि पर्सी मंगलबार मिथिलाञ्चल क्षेत्रमा होली पर्व मनाइन्छ ।
