२३ चैत्र २०८२, सोमबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

१९ राजदूत र ४५ वाणिज्यदूतले लुम्बिनीबाट गरे विश्व शान्तिको आह्वान

११ चैत्र २०८०, आईतवार १६:२४

Share

१० चैत, लुम्बिनी । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका वाणिज्यदूतहरुले शुक्रबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्तिको आह्वान गरेका छन् ।

परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्य दूतहरुको संस्था अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)ले संयुक्त रुपमा आयोजना गरेको लुम्बिनी कन्क्लेभमा उनीहरुले शान्ति विना समृद्धि सम्भव नहुने भन्दै विश्वशान्तिको आह्वान गरेका हुन् ।

विभिन्न देशबाट नेपाल आएका राजदूतहरुले लुम्बिनी परिसरमा विश्व शान्तिका लागि प्रार्थना समेत गरे । कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विकासलाई अगाडि बढाउन शान्ति आवश्यक रहेको बताए ।

उनले वर्तमान समयमा बुद्धका सन्देशको महत्व झन् बढेको बताए । ‘भगवान बुद्धको उपदेश बुद्ध धर्म मान्नेहरुका लागि मात्र होइन सबै धर्म मान्नेका लागि उत्तिकै उपयोगी छ’, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानी गर्न पनि आह्वान गरे । सरकार परिवर्तन हुनु भनेको नीति परिवर्तन हुनु नभएको भन्दै सबै राजदूत र कुटनीतिज्ञहरुलाई आ आफ्नो देशमा नेपाल लगानीको राम्रो गन्तव्य भएको सन्देश फैलाउन आग्रह गरे ।

लुम्बिनी कन्क्लेभमा चर्चित कलाकार उजय बज्राचार्यको कला प्रदर्शनी र अन्य आर्थिक विषयवस्तुमा विचार गोष्ठी पनि भएको थियो । सम्मेलनको दोस्रो दिनको पहिलो सत्रमा नेपाल लगानी बोर्डका उपसचिव रमेश अधिकारीले नेपालमा रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा जानकारी गराएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालमा पर्यटनको असीमित सम्भावना र लुम्विनीको पर्यटकीय महत्वको बारेमा प्रस्तुती गरेका थिए ।

अवैतनिक वाणिज्य दूतहरुको संस्था अनररी कन्सुलर कर्प्स नेपालका तर्फबाट डिन विष्णुकुमार अग्रवालले कन्क्लेभले समृद्धिका लागि शान्तिको आवश्यकतामा सम्मेलनले जोड दिएको बताए ।

‘विश्वका कैयन राष्टका राजदूतको यो उपस्थितिले बुद्ध जन्मभूमिलाई सम्मान मात्र गरेको छैन, अझ बढी शान्तिपूर्ण र समृद्धि विश्व बनाउनका लागि जग पनि बसालेको छ’, उनले भने ।