२३ चैत्र २०८२, सोमबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

स्वास्थ्य बीमाको ८ वर्षः २६.५४ प्रतिशत पुग्यो पहुँच, सबै स्थानीय तहमा सेवा विस्तार

२७ चैत्र २०८०, मंगलवार २१:१६

Share

health-insurance

काठमाडौं । सेवा सुरु भएको ८ बर्षमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ ।

आइतबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका पनि स्वास्थ्य बीमा कार्यक्रम सुभारम्भ भएको छ, योसँगै ७५३ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।

यसअघि बुढानिलकण्ठ बाहेक सबै पालिकाहरुमा स्वास्थ्य बीमा कार्यक्रम पुगेको थियो, आइतबारदेखि बुढानिलकण्ठ नगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको स्वास्थ्य बीमा बोर्डकी सुचना अधिकारी ओम कुमारी कँडेलले जानकारी दिइन् ।

सरकारले २०७२ चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम  सुरु गरेको थियो । आइतबार यो सुरु भएको ८ बर्ष पुगेको छ । आठौं स्वास्थ्य बीमाको अवसरमा बोर्डले बुढानिलकण्ठमा यो सेवा विस्तार गरेको हो ।

सबै स्थानीय तहमा सेवा विस्तार भएपनि स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरण र दिगो व्यवस्थापनका लागि अझै चुनौतीहरुको भएको बोर्डको भनाइ छ । सेवा प्रदायक स्वास्थ्य संस्थाले जवाफदेही भएर सेवा प्रवाह गर्नुपर्र्ने बोर्डले बताएको छ ।

साथै, बीमित नागरिकहरुले पनि सहजतापूर्वक सेवा प्राप्त गर्नुपर्ने बोर्डको भनाइ छ । त्यो बाहेक उचित नियमन तथा तोकिएको समयमा दावी भुक्तानी गर्ने व्यवस्था मिलाई गुनासो रहित कार्यक्रम सञ्चालन गर्न बोर्ड तयार बताइएको छ ।

स्वास्थ्य बीमाको पहुँच कति ?
बोर्डकाअनुसार हालसम्म २३ लाख ९२ हजार ६७६ घर परिवार स्वास्थ्य बीमामा जोडिएका छन्, जुन घरधुरीको आधारमा ३५.८८ प्रतिशत हो ।

जनसंख्याको आधारमा ७७ लाख ४१ हजार ४८३ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्योअनुसार २६.५४ प्रतिशत नागरिकमा स्वास्थ्य बीमाको पहुँच पुगेको देखिन्छ ।

कूल बीमित मध्ये ३६ लाख ५२ हजार ४३२ जनाले भने यसको सुविधा उपभोग गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । त्यसमा नवीकरण गर्ने बीमित संख्या भने ४८ हजार ८ लाख ७६० रहेको बोर्डको भनाइ छ ।

बोर्डले चालु आवमा बीमा सेवा प्रदान गरेबापत अस्पतालहरुलाई ६ अर्ब ४४ करोड १६ लाख रुपियाँ भुक्तानी गरेको छ । बोर्डमा मौज्याद रकम भने ३ अर्ब ८४ करोड ८८ लाख रुपियाँ रहेको छ ।

स्वास्थ्य बीमामा लक्षित बर्ग कति ? 
बोर्डकाअनुसार हालसम्म्म ५ लाख १४ हजार ६१८ जना अति गरिब नागरिक स्वास्थ्य बीमा आवद्ध भएका छन् । जेष्ठ नागरिक तर्फ भने ९ लाख ३० हजार ३९७ जनाले बीमा गरेका छन् ।

यसैगरी एचआईभी संक्रमित बीमितको संख्या भने ३६ हजार ८८१ रहेको बोर्डको तथ्यांकमा उल्लेख छ । अति अशक्त अपाङ्ग बीमितको संख्या १ लाख ४१ हजा २२३ रहेकोछ । एमडिआरएक्सडिआर टिवि बीमितको संख्या भने ३ हजार ३३१ रहेको छ । यो बाहेक कुष्ठरोग संक्रमित बीमित ३ हजार ६८५ र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमित १ लाख ३२ हजार ५६७ रहेका छन् ।