२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

मनिषा कोइराला स्टारर नेटफिल्क्स सिरिज ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक

२७ चैत्र २०८०, मंगलवार २२:२५

Share

heeramandi_manisha_koirala

काठमाडौं । सञ्जयलीला भन्सालीको बहुप्रतिक्षित श्रृंखला ‘हीरामण्डी : द डायमण्ड बजार’ को ट्रेलर सार्वजनिक भएको छ । पाकिस्तानको शाही इलाका हिरामण्डीमा आधारित यो श्रृंखलामा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ ।

यो श्रृंखलाले लाहोरको शाही छिमेकी हीरामण्डीका यौनकर्मीको जीवनलाई चित्रण गर्छ । यसले देशको स्वतन्त्रताको समयमा यौनकर्मी महिलाको जीवनशैली र उनीहरूको संघर्ष देखाउँछ । यो श्रृंखलाले तपाईंलाई त्यो समयमा लैजान्छ जब भारत स्वतन्त्रताको लागि लडिरहेको थियो ।

ट्रेलरमा मल्लिका जान (मनिषा कोइराला) हीरामण्डीमा एक्लै छिन्, जसले उच्च वर्गका दरबारको घरमा शासन गर्छिन् । मल्लिका जान बिना कुनै डर आफ्नो शासन चलाउँछिन्, तर एक दिन उनको पुरानो शत्रुकी छोरी फरीदान (सोनाक्षी सिन्हा) को आगमनसँगै तनावको वातावरण सिर्जना हुन थाल्छ ।

ब्रिटिश शासनबाट भारत स्वतन्त्रताको माग गर्दै क्रान्तिकारीले प्रदर्शन गर्दा सहर पनि अशान्त छ । मल्लिका जानकी छोरी बिब्बो जान (अदिती राव हैदरी) स्वतन्त्रता संग्राममा सामेल हुन्छिन् । यसैबीच मल्लिकाकी कान्छी छोरी आलमजेब (शरमिन सहगल) नवाब (राजा)का छोरा ताजदार (ताहा शाह बदुशा) सँग प्रेमको सपना देख्छिन् र हीरामण्डीबाट बाहिर जान चाहन्छिन् ।

भन्सालीको यो श्रृंखला यसवर्षको बहुप्रतीक्षित वेबसिरिजमध्ये एक हो । यो श्रृंखलाले सन् १९४० को दशकमा ब्रिटिस राज विरुद्धको भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा लाहोरको हिरामंडीको रेडलाइट एरियामा यौनकर्मी महिलाको जीवनलाई हाइलाइट गर्छ ।

सिरिजलाई भन्साली र मिताक्षरा कुमारले निर्देशन गरेका हुन् । भन्साली यो सिरिजमार्फत ओटीटी डेब्यू गर्दैछन् । सिरिजमा सोनाक्षी सिन्हा, मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चड्डा, अध्यायन सुमन, शेखर सुमन, फरदीन खान, सञ्जीदा शेख र तह शाह बदुशाको मुख्य भूमिका छ ।