२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

नेपाली नाट्यकर्मीलाई माइकल चेकव पद्धतिमा अभिनय कार्यशाला

२७ चैत्र २०८०, मंगलवार २२:३२

Share

Acting-Workshop

काठमाडौं । माइकल चेकव पद्धतिमा कार्यशाला सम्पन्न भएको छ । यो कार्यशाला रंगकर्मी र प्रशिक्षकलाई लक्षित गरिएको थियो । कार्यशालामा कौसी थिएटर, मण्डला थिएटर, पुरानो घर, आरोहण गुरुकुल, पोखरा थिएटरका रंगकर्मी सहभागी थिए ।

यसपटक रुसी सांस्कृतिक केन्द्रमा कार्यशाला आयोजना भएको थियो । चैत १७ गतेदेखि २७ गतेसम्म हुने यो कार्यशालामा सहयोगीको रूपमा काठमाडौं प्रज्ञाकुञ्ज स्कुल, भ्याली भ्यु स्कुल र स्कुल थिएटर नेपाल पनि जोडिएका थिए ।

कार्यशालामा विभिन्न थिएटर र भारत, अमेरिका लगायतबाट २५ जना रंगकर्मीहरु सहभागी भएको थियो । कार्यशालाको मुख्य उद्देश्य यो विशिष्ट पद्धतिलाई फैलाउनु थियो ।

अनुभवी नाट्य प्रशिक्षक योर्ग आन्द्रेस कार्यशालामा आएका थिए । उनी माइकल चेकव अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन्  । एकेडेमी अफ बर्लिनमा उनले दुई वर्षको कक्षा सञ्चालन गरिरहेका छन् ।

विभिन्न देशमा माइकल चेकव पद्धतिको तालिम दिंदै हिंड्छन्  । नेपाल आउनुअघि रसियाको मस्कोमा थिए । युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ ।

नेपालमा धेरै नाट्य घर रहेपनि अभिनय कला सिकाउने विशेष पद्धति छैन । स्तानिस्लास्की नेपालमा चर्चित छन् । स्तानिस्लास्कीका उत्कृष्ट विद्यार्थी थिए माइकल चेकव । चेकव र स्तानिस्लास्की दुवैको शैली भिन्न छ । चेकव प्रसिद्ध रुसी लेखक आन्तोन चेकवका भतिजा हुन् ।

नेपालमा पछिल्लो समय केही फरक पद्धतिमा अभिनय सिकाउन थालिएको छ । जब माइकल चेकवले आफ्नै पद्धतिको विकास गरे । उनी रुसबाट निर्वासित भए । युरोपमा आफ्नो स्टुडियो सुरु गरे । त्यसपछि अमेरिकामा स्टुडियो चलाएर आफ्नो पद्धति फैलाउन थाले । पश्चिमी समाजमा चेकवको पद्धति चर्चित छ ।

यो पद्धतिलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागि परेको निर्देशक टंक चौलागाईंले बताए । गत वर्ष यो पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी अभिनेत्री, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन् । उनले दुई महिना लामो कार्यशाला चलाएकी थिइन् ।