२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

‘आइसफल डाक्टर’द्वारा सगरमाथाको क्याम्प-२ सम्मको बाटो खोलियो

७ बैशाख २०८१, शुक्रबार १९:५८

Share

rope-fixing-mountain-climbing-icefall-doctor

क्याम्प–२ देखि चुचुरोसम्मकोे ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्सको टिमले सुरु गर्ने

 

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण गरेको छ । सो क्षेत्रको बाटो सफलतापूर्वक निर्माण गरेको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताए ।

उनका अनुसार आइसफल डाक्टरको टिमले क्याम्प–२ सम्मको बाटो निर्माण सम्पन्न गरेको छ । उनीहरुले क्याम्प–२ सम्मको बाटो खोल्यो र त्यसपछि क्याम्प–२ देखिको चुचुरोसम्को  ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्सको टिमले सुरु गर्नेछ । यस पटक सगरमाथाको आरोहण गर्न पुरानै बाटोको निर्माण गरेको बताउर्दै उनले भने, ‘यस वसन्त ऋतृका लागि २०१४ अगाडि प्रयोग गरिने बाटोको नजिकबाट नयाँ बाटो निर्माण गरिएको छ ।’

टोली सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण गर्न पूजा गरेर चैत १ गते त्यसतर्फ गएका थिए । आइसफल डाक्टरको टोलीले २०२४ को वसन्त ऋतृको आरोहणका समयमा सगरमाथा, ल्होत्से र माउन्ट नप्तसेमा रुट निर्माण गर्नेछ ।

टोलीमा छिरिङ तेन्जिङ शेर्पा (आधार शिविरका प्रबन्धक), आठ आइसफल डाक्टरहरूः आङ सार्की शेर्पा, दावा नुरु शेर्पा, पेम्बा छिरिङ शेर्पा, ङ्गिमा तेन्जी शेर्पा, नगावाङ चिम्मी शेर्पा, दावा छिरी शेर्पा, दावा जाङ्बु शेर्पा र मिङ्मा शेर्पा छन् । दुई ‘किचेन स्टाफ’ नगावाङ थान्टेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा र एक जना फोहोर व्यवस्थापनका लागि यमबहादुर लामा छन् ।

त्यस्तै, क्याम्प–२ देखि सगरमाथाको चुचुरोसम्मको ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्सको टिमले गर्नेछ । सो क्षेत्रमा ‘रोप फिक्सिङ’ टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमले केही दिनमा शुरु गर्नेछ ।