२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी

१० बैशाख २०८१, सोमबार ००:३१

Share

sagarmatha-base-camp

९ वैशाख, काठमाडौं । सरकारले यस वर्षको सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितराज तामाङले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार अघिल्लो साता मन्त्रीको अध्यक्षतामा हुने सगरमाथा आयोजक समितिको बैठक बसेको थियो ।

सो बैठकले सगरमाथा दिवसको मूख्य कार्यक्रम प्रधानमन्त्रीको उपस्थितिमा आधार शिविरमा गर्न तयारी थाल्ने निर्णय गरेको उनले जानकारी दिए । सगरमाथा दिवस २९ मेमा पर्छ ।

सामान्यतया १५ जेठका दिन गणतन्त्र दिवस र बजेट समेत पर्ने गर्छ । सोहीकारण प्रधानमन्त्रीलाई लैजान सम्भव हुने थिएन ।

यस पटक २९ मे १६ जेठमा पर्ने भएकाले प्रधानमन्त्रीको समय मिलाउन समेत सम्भव देखिएको उनले बताए ।