२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

लुक्ला विमानस्थलमा नियमित उडान नहुँदा पर्यटकहरुको बिचल्ली

१६ बैशाख २०८१, आईतवार १९:१२

Share

440531662_1987959748273672_7375950468795566176_n_t2j1afHTfi

काठमाडौं । सगरमाथाको मुख्यद्वारा लुक्लास्थित तेन्जिङ–हिलारी एयरपोर्ट (लुक्ला एयरपोर्ट) मा नियमित उडान नहुँदा पर्यटकहरुको बिचल्ली भएको छ ।

पर्यटकको मुख्य सिजन चलिरहेको बेला विभिन्न देशबाट नेपाल आएका विदेशी तथा आन्तरिक पर्यटकहरु आफ्नो गन्तव्यमा पुग्न मन्थली विमानस्थलमा दुई दिनसम्म उडानको पखाइमा रहन् परेको एक पर्यटकले कर्पोरेट नेपाललाई बताए ।

उनले भने, ‘मौसमका कारण मन्थली विमानस्थलबाट लुक्ला नियमित उडान नहुँदा म आफैं पनि यसरी विमानस्थलमा उडानको पखाइमा छु । यसरी उडान नहुँदा विमानस्थलमा लामो समयसम्म उडानको पखाईमा पर्यटकहरु बसिरहँदा विश्वमा कस्तो सन्देश जान्छ ?, न खाना राम्रो छ, न बस्ने व्यवस्था छ । खानेकुराहरु पनि मनपरी मूल्यमा बिक्री गर्छन् ।’

त्यस्तै सगरमाथा आधार शिविर पदयात्रामा जान मन्थली विमानस्थल पुगेका एक पर्यटकले भने, ‘लाखौं रुपियाँ खर्च गरेर नेपाल घम्न आएका पर्यटकहरुले यसरी रोजेको गन्तव्यमा पुग्न सास्ती खेप्नु दुःखदायी कुरा हो ।’

null