२२ चैत्र २०८२, आईतवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

मिङ्मा डेविड शेर्पालाई पर्यटन मन्त्री बनाउने गृहकार्य: अन्तरिम सरकारको तयारी

३० भाद्र २०८२, सोमबार १३:२९

Share

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पर्यटन व्यवसायी मिङ्मा डेविड शेर्पालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन गृहकार्य भएको छ ।

नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्षसमेत रहेका शेर्पालाई पर्यटन मन्त्री बनाउन जेनजी समुहको तर्फबाट सम्पर्क र छलफल समेत भएको स्रोतले बतायो ।

‘नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरेका, इमान्दार व्यवसायी र विश्वभर पहिचान बनाएकोले उहाँलाई पर्यटन मन्त्री बनाउन गृहकार्य भएको छ । जेनजी आन्दोलनको भावना अनुसार चल्न सक्ने व्यक्ति पनि भएकोले उहाँलाई मन्त्री बनाउन पहल गरिएको हो,’ स्रोतले वडापालिकासँग भन्यो ।

कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा पर्यटन मन्त्री बन्न लाग्नुभएको हो भन्ने वडापालिकाको प्रश्नमा उनले स्पष्ट जवाफ नदिए पनि इन्कार भने गरेनन् ।

‘यो सरकारलाई ६ महिनाभित्रमा निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने दायित्व छ । यो ६ महिनाको अवधिमा कुनै नीतिगत परिवर्तन गरेर दीर्घकालिन योजना निर्माण गर्न सकिदैन होला । तर, पर्यटनका लागि नेपाल सुरक्षित छ भनेर मैले विश्वभर भन्न सक्छु । नेपाल भ्रमणको लागि आत्मविश्वास बढाउन सक्छु जस्तो लाग्छ,’ शेर्पाले वडापालिकासँग भने ।

शेर्पाको कम्पनीले सगरमाथा आरोहण गर्न चाहनेहरुलाई सातै महादेशमा सगरमाथा आरोहणका लागि तालिम दिएर सगरमाथा आरोहणको लागि नेपाल ल्याउने गर्छ ।

को हुन् मिङ्मा डेविड ?

मिङ्मा डेविड शेर्पा नेपाल पर्वतारोहण संघको प्रथम उपाध्यक्ष हुन् । उनी टे्रकिङ कम्पनी इलाइट एक्सपिडको डाइरेक्टर हुन् । यो कम्पनीमा किर्तिमानी आरोही निर्मल पुर्जाको पनि सेयर लगानी छ ।

शेर्पा सन् २०१० देखि पर्यटन क्षेत्रमा सहभागी भएका हुन् । उनी पहिलो ताप्लेजुङका शेर्पा पहिलो पटक कन्चनजंगा हिमालय आरोहीको भरिया बनेर पर्यटन व्यवसायमा संलग्न भएका थिए । अहिलेसम्म उने ८ हजार मिटर उचाइका शिखरको ३५ पटक सफल आरोहण गरिसकेका छन् ।

शेर्पाले अहिलेसम्म ५ वटा विश्व रेकर्ड बनाएका छन् । ती रेकर्ड गिनिज बुकमा रेकर्ड पनि गरिएको छ । उनले छोटो समयमा नै सगरमाथा र केटु हिमालको सफल आरोहण गरेको, सबैभन्दा कान्छो उमेरमा नै ८ हजार मिटर माथिका १४ वटै हिमालको सफल आरोहण गरेको र जाडो याममा केटु हिमालयको आरोहण गरेको रेकर्ड राखेका छन् । यस्तै, सबैभन्दा बढी ५ पटक केटु हिमालयको आरोहण गरेर पनि उनले विश्व रेकर्ड राखेका छन् भने उनले छैटौं पटक केटु हिमालको आरोहण गरेर आफ्नै रेकर्ड पनि भंग गरेर अर्काे रेकर्ड राखेका छन् ।

पर्यटन व्यवसायी शेर्पा सामाजिक क्षेत्रमा सक्रिय व्यवसायी पनि हुन् । उनी १०० भन्दा बढी उद्धार कार्यमा संलग्न छन् । उनी सहभागी भएको उद्धार कार्यको ६ सेरिजमा प्राइम भिडियो नै निर्माण भएको छ । यस्तै, नेटल्फिक्समा सबैभन्दा बढी चलेको डकुमेन्ट्री फोटिन पिक्सको उनले नै सिनेमाग्राफी गरेका हुन् । यस्तै, सगरमाथामा सुटिङ गरिएको फाइन्डिङ माइकल नामक फिल्ममा उनी प्रमुख उद्धारकर्ताको भूमिकामा देखिन्छन् ।

द च्यालेन्जर नामक रियालिटी शोमा पनि शेर्पा देखिन्छन् । सो शोमा उनी सगरमाथा आरोहण सिकाउने एक्सपिडिसन लिडरको रुपमा सहभागी छन् । यो रियालिटी शो सगरमाथामा नै सुटिङ गरिएको हो ।

शेर्पाको कम्पनीले नेपालमा मात्रै वार्षिक ८ सय जनालाई प्रत्यक्ष रोजगारी दिने गरेको छ । शेर्पाको कम्पनी इलाइटले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) मा सगरमाथा क्षेत्रमा पोर्टर हाउस निर्माण गरेको छ । यो हाउस करिब साढे ६ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । सो पोर्टर हाउसको क्षमता करिब १०० जनाको छ । यद्यपि, सो पोर्टर हाउस निर्माणको नेतृत्व भने निर्मल पुर्जाको नाममा स्थापना भएको निर्मल दाइ फाउन्डेसनले लिएको हो ।

सगरमाथा सरसफाइमा पनि शेर्पा संलग्न भएका छन् । शाहसिक पर्यटनको सबैभन्दा उपल्लो चरणको अनुभव गर्न चाहने पर्यकटकलाई नेपाल भित्र्याउन शेर्पाको सबैभन्दा ठूलो योगदान छ ।

उनी जुन ५ मा रोयल जोग्राफी सोसाइटीले कन्चनजंगा आरोहणको ५० वर्ष पुगेको उपलक्ष्यमा बेलायतमा आयोजना गरेको कार्यक्रमा सहभागी भए । सो कार्यक्रममा शेर्पा प्रमुख वक्ता थिए भने बेलायती राजकुमार दर्शकदिर्घामा थिए । मिङ्माले कन्चनजंगा हिमाल आरोहणमा भरियाको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए ।

उनी अहिले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु सबैभन्दा पहिलो प्राथमिकता रहेको बताउँछन् ।

‘असुरिक्षत स्थानमा घुम्नको लागि कोही पनि जादैन । नेपालमा सबै जलेको र आगो लागेको मात्रै सन्देश प्रवाह भएको छ । पर्यटन क्षेत्रले अहिले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्छ, त्यो पनि विश्वसनीय रुपमा,’ शेर्पा भन्छन् ।

२०७२ सालको भूकम्पको समयमा राहत र उद्धारमा खटिएका शेर्पा कोभिड महामारीको समयमा पनि राहत वितरणमा संलग्न थिए ।

नेपालको पर्यटन क्षेत्रमा सफल व्यवसायीको छवि बनाएका र विश्वभरका ‘क्वालिटी टुरिष्ट’सँग सम्पर्क र सहकार्य गरिरहेका शेर्पालाई मन्त्री बनाउँदा अहिलेको निरासा चिर्न सकिने र संसारभर सकारात्मक सन्देश प्रवाह हुने भएकोले उनलाई मन्त्री बनाउन गृहकार्य गरिएको स्रोतले बतायो ।

प्रकाशित मिति: सोमबार, भदौ, ३०, २०८२,