हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
जेन्जी आन्दोलनकारीहरूले नयाँ सरकार गठनको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा मिङ्मा डेविड शेर्पालाई अगाडि सार्ने निर्णय लिएको खुलासा भएको छ। पर्यटन क्षेत्रका विज्ञसमेत रहेका शेर्पा हालै नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए।
युवा नेतृत्व, स्पष्ट दृष्टिकोण र इमानदारीपूर्ण कार्यशैलीका कारण उनले अहिलेसम्म सम्हालेका हरेक जिम्मेवारी सफलतापूर्वक निभाएका छन्।

एक सफल, ईमानदार र दूरदर्शी पर्यटन व्यवसायीका रूपमा परिचित मिङ्मा डेविड शेर्पा सन् २०१० देखि पर्यटन क्षेत्रमा सक्रिय छन्। उनले आफ्नो प्रारम्भिक यात्रा पोर्टरको रूपमा सुरु गरेका थिए। समयसँगैको अनुभव र पर्यटनप्रतिको गहिरो लगावले उनलाई पोर्टरबाट गाइड, त्यसपछि पर्वतारोही हुँदै आज विश्वप्रसिद्ध ट्रेकिङ कम्पनी Elite Exped का निर्देशकसम्म पुर्याएको छ।
पर्वतारोहणको क्रममा उनले पाँचवटा विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गरिसकेका छन्, जुन उपलब्धिले उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ।
