२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

सोताङका जेनजीले गरे गाऊंपालीकाको कामकारबाही र घुसकाण्डबारे ध्यानाकर्षण

१ आश्विन २०८२, बुधबार १२:०५

Share

सोलुखुम्बु को सोताङ गाउँपालिकामा जेन जी पुस्ताले पछिल्ला गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। एक विज्ञप्तिमार्फत उनीहरूले वडास्तरमा देखिएका समस्या, जनप्रतिनिधिहरूको अनुपस्थितिको कारण सेवाप्रवाहमा आएको कठिनाइ, तथा कार्यालयको कार्यशैलीप्रति असन्तोष व्यक्त गरेका छन्। विशेष गरी वडा नं. ३ र ४ का वडाध्यक्षहरू कार्यालयमा नियमित रूपमा उपस्थित नहुनु जनताको सेवा प्राप्तिमा बाधक भएको भन्दै आपत्ति जनाइएको छ। सोताङ गाउँपालिकाकी उपाध्यक्षमाथि लागेको रु. ४५,००० घुस लिएको आरोपबारे पारदर्शी छानबिन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ। साथै, कार्यालयमा कार्यरत कर्मचारीहरूले सरकारी पोसाक र परिचयपत्र प्रयोग नगरी सेवा प्रवाह गरिरहेकोप्रति पनि असन्तोष व्यक्त गर्दै, सेवा पारदर्शी बनाउन ती विषयहरू अनिवार्य गर्नुपर्ने माग गरिएको छ। जेन जी पुस्ताले कार्यशैलीमा सुधार र कर्मचारीहरूको आचरणमा जिम्मेवारी तथा अनुशासन देखिनु आवश्यक रहेको उल्लेख गर्दै, जनताप्रति अन्याय नहोस् भन्नका लागि तत्काल सुधारको आवश्यकता औंल्याएका छन्।