हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
ऊर्जा मन्त्री कुलमान घिसिङले सरकारबाट प्राप्त हुने तलब, व्यक्तिगत सुरक्षा सुविधा तथा अन्य पदसम्बन्धी विशेषाधिकारहरू नलिने घोषणा गरेका छन्। मन्त्री घिसिङले आफूले पाउने तलब शहीद परिवारका लागि स्थापना गरिएको कोषमा जम्मा गरिने स्पष्ट पारेका छन्।
उनले पदको गरिमा भन्दा जनताको सेवा महत्वपूर्ण हुने भन्दै “माननीय” जस्ता सम्मानजनक सम्बोधनहरू पनि अस्वीकार गर्न अनुरोध गरेका छन्। “म जनताको सेवक हुँ, पदको सम्मानभन्दा जनताको विश्वास ठूलो हो,” मन्त्री घिसिङको भनाइ छ।
कुलमान घिसिङले यसअघि नेपालमा लामो समयसम्मको लोडसेडिङ अन्त्य गरेर राष्ट्रिय स्तरमा लोकप्रियता हासिल गरेका थिए। ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले औद्योगिक क्षेत्रबाट अर्बौं रुपैयाँको विद्युत् बक्यौता उठाउने अभियान सुरु गरेका छन्।
उनको पछिल्लो निर्णयले राजनीतिक नेतृत्वमा पारदर्शिता, विनम्रता र जनमुखी सोचको नयाँ उदाहरण प्रस्तुत गरेको विश्लेषकहरू बताउँछन्। जनतामाझ विश्वासको संकट गहिरिँदै गएको बेला मन्त्री घिसिङको यस्तो कदमले सकारात्मक सन्देश प्रवाह गरेको छ।