२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

प्रचण्डको अपिल, जेन्जी आन्दोलन उन्नत लोकतन्त्रको अभियान, राजावादीलाई दिए दनक

२ आश्विन २०८२, बिहीबार १७:४९

Share

काठमाडौं, असोज २ 

संविधान दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष तथा नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश जारी गर्दै हालैको जेन्जी आन्दोलन, देशमा भएको विध्वंस, र पुनःनिर्माणको आवश्यकता बारेमा धारणा राखेका छन्।
भदौ २३ गतेको नरसंहार र २४ गतेको देशव्यापी तोडफोडले सार्वजनिक सेवा प्रभावित भएको उल्लेख गर्दै उनले अब धुलो हेरेर रमिता हेर्ने समय नभएको स्पष्ट पारे। उनले सम्पूर्ण राजनीतिक दल र जनतालाई पुनःनिर्माणमा जुट्न आह्वान गरे।

२०६२/६३ को जनआन्दोलनको सन्दर्भ उठाउँदै प्रचण्डले जेन्जी आन्दोलनलाई सकारात्मक रूपमा लिँदै माओवादी आन्दोलनसँग अत्यधिक समानता रहेको बताए। “त्यो बेला बहुमत संसदमा जुटाउन नसक्दा प्रत्यक्ष कार्यकारी प्रमुख ल्याउन सकिएन,” उनले स्मरण गरे।
उनका अनुसार जेन्जी आन्दोलन लोकतन्त्र विरोधी नभई उन्नत लोकतन्त्र प्राप्तिको अभियान हो। तर २४ गते देशभर ऐतिहासिक संरचनाहरूको तोडफोड, लुटपाट र हिंसात्मक गतिविधिहरू आन्दोलनको मूल स्वरूप नभई प्रतिगामी तत्वहरूको प्रवेशका कारण भएको हो। ती तत्वहरूलाई कानुनी दायरामा ल्याइनेमा आफू आशावादी रहेको उनले बताए।
भिडियो सन्देशमा प्रचण्डले घोषित मितिमा निर्वाचन सम्पन्न होस् भन्ने चाहना पनि व्यक्त गरे। साथै, उनले घुमाऊरो पारामा राजावदीहरुलाई पनि गणतन्त्र विरोधी कार्य गरेको आरोप लगाएका छन उनि भन्छन “इतिहासको चिहानमा मिल्काइएकाहरुले युवाहरूको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताको उपलब्धिहरू उल्ट्याउने प्रयास गरिरहेका छन”।
जेन्जी आन्दोलनको क्रममा ७० भन्दा बढी युवाहरूले ज्यान गुमाएको स्मरण गर्दै उनले शोक व्यक्त गरे। आन्दोलनको मागहरू बेवास्ता गर्दा उत्पन्न भएको परिणामको रूपमा अहिलेको अवस्था आएको उल्लेख गर्दै उनले यसलाई १९ दिने जनआन्दोलनको निरन्तरताको रूपमा व्याख्या गरे। उनका अनुसार भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था, र जनमुखी शासन प्रणालीको माग माओवादी आन्दोलनकै अधूरा एजेण्डाहरू हुन्, जसलाई नयाँ पुस्ताले आफ्नै शैलीमा उठाइरहेका छन्।