२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो

१ मंसिर २०८२, आईतवार १३:२१

Share

हालैको Gen Z आन्दोलनपछि पुरानो सरकार ढलेर सुशीला कार्की नेतृत्वको नयाँ सरकारले फाल्गुन २१ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेका बेला दलहरूले प्रचार–प्रसार तीव्र बनाइरहेका अवस्थामा सोशल मिडियामा नेकपा एमालेको स्टाम्प लागेका ‘३ लिटर पेट्रोल’ र ‘मटन खाना, Gorkha Beer र सुुकुटी’ लेखिएका तस्बिरहरू भाइरल बनेपछि यसको चर्को आलोचना भइरहेका छन्। यी तस्बिरले दलहरूले मतदाता किन्न खोजिएको, चुनावलाई प्रलोभन र भ्रष्ट अभ्यासको माध्यम बनाइरहेको, र आन्दोलन तथा सत्ता परिवर्तनपछि पनि दलहरूको प्रवृत्ति नबदलिएर उही अस्वस्थ राजनीतिक संस्कृति दोहोरिँदै गएको आरोप झन् बलियो बनाएको छ। एमालेका केही स्थानीय कार्यकर्ताले तस्बिर फर्जी हुनसक्ने र पार्टीलाई बदनाम गर्न नियोजित रूपमा फैलाइएको दाबी गरे पनि आधिकारिक प्रतिक्रिया आएको छैन, तर युवामाझ भने “देशमा केही बदलिँदैन” भन्ने निराशा झन् गहिरिंदै गएको छ। विश्लेषकहरूका अनुसार उपनिर्वाचन नजिकिँदै गर्दा यस्ता प्रलोभनयुक्त गतिविधिले लोकतान्त्रिक आचरण कमजोर बनाइरहेकाले सरकार र निर्वाचन आयोगले कडाइपूर्वक नियन्त्रण गर्न कदम चाल्नुपर्ने माग तीव्र बन्दै गएको छ।