हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
“अरे शिवु जी !”
अचानक परिचित व्यत्तिबाट मेरो नाम पुकारिएको सुने । बि सि ए पहिलो वर्ष अध्यायन गर्दाको मेरो साथी कौशल काफ्ले रहेछ । मैले उसलाई ठम्याई हाले । लुरे, पातलो शरिर, पावरवाला चस्मा लगाएको, टाउकोमा चुच्चे क्याप फुस्रो अनुहार अहिले पनि उस्तै पहिलाको जस्तै अलिकति पनि परिवर्तन भएको थिएन । ऊ चाबहिल स्तुपाबाट भित्र पशुपति स्कुलको गेटनिर उभिएको थियो । निरन्तर आवतजावत मानिसको भीँडमा पनि उसले मलाई ठम्यायो ।
मलाई देखेर हात फैलाउदै ऊ मतिर आयो । मैले पनि हात मिलाए । हामी बिच हालखबर र सन्चो बिसन्चो सोधीखोजी भयो । ऊ पनि निकै फुर्सदमा देखिन्थ्यो । म पनि आज दिनभर फुर्सदनै थिएँ । हामी बाटोमा उभिएर गफिनु भन्दा छेउमा कहि बसेर गफ गर्न उचित ठान्यौ । हामी स्तुपा नजिकैको पसलमा बस्यौँ । यो त्यहीँ पसल थियो जहाँ हामी कलेज पढ्दा बिहान चिया र परौठा खाने गर्थ्यौ ।
बिहानको साँढे आठ भएको थियो । म यसै चाबहिल निस्किएको थिए । अचानक उसँग भेट हुनु संजोक थियो । मैले पसलको आन्टिलाई दुई कप चिया र एउटा चुरोट मागें । कौशल शिलापत्र निउज पोर्टलमा रिपोर्टरको काम गर्थ्यो । म र ऊ, सँगै बि सि ए पहिलो बर्ष भर्ना भएका थियौं । तर पछि उसले बि सि ए छाडेर जर्नलिजमतिर सिफ्ट भएको थियो । त्यसपछी ऊ सँग कलेजका फङ्सनल प्रोग्राममा बाहेक हाम्रो कमै भेट हुन्थ्यो ।
म कुमार नगरकोटीको ठूलो फ्यान थिए । एकपल्ट मन्डला नाटकघरमा नाटक हेर्न गएको बेला कुमार नगरकोटीसँग भेटगर्ने सुभ अवसर नजुरेको पनि हैन । तर नाटक छुट्ने डरले म नाटक हलमा प्रवेश गरे । निस्किएर आउदा नगरकोटि गैसकेका थिए । कौशल काफ्ले नगरकोटिकै पोर्टलमा रिपोर्टरको काम गर्ने भएको कारण मैले उसलाई आफूलाई एकपल्ट जसरि भएपनि कुमार नगरकोटिसँग भेटाउन आग्रह गेरेको थिए । उसले आफूलाई बारबार भेटाउने बाचा गरेतापनि उक्त शु – अवसर भने जुर्न सकेको थिएन ।
चुरोट सल्काउदै मैले काफ्लेलाई सोधे – “अनि कौशल जी, आजकल के को रिपोर्टिङ गर्नमा ब्यस्त हुनुहुन्छ नी ?”
उसले चियाको एक चुस्कि लिएर कपलाई टेबलमा राख्दै नमिलेका बाङ्गा टिङ्गा दाँत र दाह्रालाई देखाउदै एउटा मायालु मुस्कान खोल्यो ।
“के हुनु शिवु जी, यस्तै त होनि देशको स्थिती तपाईलाई थाहै छ । बरु धेरै समयपछी भेटियो तपाईको सुनाउनुहोस् । “
“मेरो के सुनाउनु र ? म पनि उस्तै छु । अहिले जागिर पनि गर्दिन । हिजो नयाँ ठाउँमा इन्टरभ्यूको लागि गएको थिए । अर्को हप्ता देखि काममा बोलाएको छ ।”
“तपाईसँग त सीप छ शिवुजी काम त जत्तीपनि पाई हाल्नुहुन्छ । त्यत्रो आइटी पढेको मान्छे । मैले पो काम नालाग्ने पत्रकारिता पढे ।”
“पत्रकारिता त झन राज्यको चौथो अङ्ग होनी, होइन र कौशल जी ? पञ्चायती व्यवस्था फालेर नागरिकको मौलिक हक हितको निम्ति गणतन्त्र ल्याउन राज्यको चौँथो अङ्गको अहम् भूमिका छ भन्छन् नी ?“
“पहिलाको पत्रकारिता र अहिलेको पत्राकारिता मिल्दैन शिवु जी । अनि बरु तपाईँले चाहीँ हुँदा छदैको जागिर किन छाड्नु भयो ? तपाई त पैला पढाउनु हुन्थ्यो, होइन र ?”
“पुरानो स्टाफ सबैले छाड्दै गए । एउटै ठाउँमा काम गरिरहँदा म पनि बोर भएको थिएँ । स्यालरी पनि टाइम टेबलमा नपाउने । काठमाडौँको महँगी तपाईँलाई थाहै छ । यत्तिकै अल्झिनु भन्दा राजिनामा दिनु उचित देखेर मैले काम छाडेको हो । ”
हामी निरन्तर गफ गरिरहेका थियौ । हाम्रो अघि एक कलेजका जोडी आएर परौठा र चिया अर्डर गरे । उनिहरुको आगमनले हाम्रो वार्तालापमा सानो बाधा निम्त्याएपनि हामी पुरानै मेसो पक्रिएर फेरि गफिन थाल्यौ ।
“अहिले चाहीँ फेरि के मा काम गर्न लाग्नु भएको ?” उसले उत्सुकता पुर्वक प्रश्न गर्यो ।
“घर नजिकैको डिजिटल प्रिन्टिङ प्रेसमा ग्राफिक डिजाइनर चाहिएको रहेछ । त्यहिँ सिभि बुझाएको थिए हिजो इन्टरभ्यूको लागी बोलाएको थियो ? ”
“स्यालरि कति दिन्छु भन्यो ?” उसले निसङ्कोच प्रश्न गर्यो ।
मलाई ति जोडिको अघि जवाफ दिन सरम नलागेको भने होइन । तर ति अपरिचितहरुलाई मैले केही समयको लागी नजरअन्दाज गरे र भने – “अठार हजार । काम गर्दै गए बढाइदिने कुरा गरेका छन् ।”
“यतिले पुराउन सकिन्छ त शिवु जी ?”
“मुस्किल पर्छ । रुमको रेन्ट तिर्दैमा ठिक्क हुन्छ । पैला पच्चिस हजार पाउथे तर खोई कहिल्यै पुगेको थिएन । सधैँ अभाव नै हुन्थ्यो ।”
“अहिले कोठामा को को बस्नु हुन्छ ?”
“अहिले त एक्लै नै हो । पार्टनर खोजिराछु । केही महिना अगाडीसम्म एउटा भाइसँग बस्थे । उसको साउदिको भीसा लागेपछी अहिले पुरै एक्लो छु । बरु तपाईँले कोही चिनेको छैन ? जो म जस्तै साथी खोजिरहेको होस् ।”
उसले चिया स्वाट्ट पार्यो र जिब्रोलाई ओठको वरिपरि घुमायो र फेरि त्यहिँ अघिल्लो हाँसो खिस्स हाँस्यो ।
“कस्तो संयोग ! बिबिएस गरेको केटी अहिले आइल्ट्स गर्दैछ । पहिला होस्टल बसेर पढेको तर होस्टलको इन्भाइरोमेन्ट र खाना मन नपरेपछी अहिले बाहिर फ्लाट लिएर बस्न चाहन्छे । उसले पनि आज भर्खरै तपाईँलाई भेट्नपूर्व फोन गरेर कोही लिभिङमा बस्ने केटा मान्छे चिनजान या नजिकको भए आफूलाई खबर गर्न भनेकी थिई । केटी एकदम ट्यालेन्टेट छ । तपाईँहरुको केमिस्ट्री पनि मिल्छ । रेन्ट आधा आधा के छ त बिचार ? फोन गरेर भन्दिऊ ?”
“मैले जागिर गर्न नथाले सम्म त यो निधो दिन पनि असम्भव छ । तर उसलाई बाहिर बस्न केटा मान्छेनै किन चाहिएको रहेछ ? लिभिङनै किन बस्नुपर्ने ?” थोरै संका र उत्सुकतासँग मैले उसलाई सोधेँ ।
“त्यो त उसैले जानोस् । मैले भनेनि केटी तपाई जस्तै छे, कम्प्लिकेटेड ।”
हामी चिया पसलबाट निस्कियौँ । मैले उसलाई केहि समयको लागी आफू घर जान लागेको खबर बताएं । फर्केर आएपछि नयाँ फ्लाट र नयाँ जागिर गर्ने पनि उसलाई बताएं । उसले मेरो नम्बर लियो र केटिलाई मेरो बारेमा खबर दिने भन्यो । हामी दोस्रो पल्ट हात मिलाएर आफ्नो-आफ्नो बाटो लाग्यौ ।
म चाबहिलबाट सिधैँ आफ्नो कोठातिर फर्किए । दिउँसो साढे तीन बजेको मेरो टिकेट थियो । म घरमा पुर्खौली जग्गाको नापी निकाल्न र बाँझो खेतबारीमा बिरुवा लगाउनको निम्ति वनकार्यलयमा कार्यरत मेरो साथीसँग सल्लाह लिन जान लागेको थिए । गाउँ जाने मेरो निर्णय अचानक परिवर्तन भएको थियो । म बेलबारिसम्म मात्र जान लागेको थिए । तर हिजोनै साँझ धनकुटासम्म पुर्याउनु पर्ने पार्सल आएपछी म तेह्रथुसम्मनै जानुपर्ने भयो ।
चाबहिलको पुल तरेर म पारिपट्टि लागेँ । केही जब सेन्टरका मान्छेले मलाई कर्मचारी आवस्यकता नामक पर्चा थमाए । त्यसलाई ढल्लो पारेर डस्टबिनमा सुईँकाए । र सुइँसुइँ आफ्नो बाटो लागेँ । चाबहिल एकबिहानै पनि भीँड थियो । लाग्छ मलाई यहाँ कहिल्यै मानिसहरु रित्तिदैनन् । यो सधैँ यस्तै रहन्छ । ब्यस्त ।
कोही मेनपावर धाइरहेका छन् । कोही कन्सल्टेन्सी । कोहीँ स्कुलको बसमा छन् । कोही कलेजका । कोही जागिरको खोजिमा छन् । कोही भविष्यको । सबैले यहाँ केही न केही त खोजिरहेका छन् ।
यत्रो सहरमा मानिसहरु आफ्ना हराएका सपना खोजिरहेका छन् ।
के भटाउलान् त ?
म आफै पनि यो सहरमा हराएको आउदो साल त दश वर्ष बित्ने रहेछ । खोइ त ? न मैले कमाउन सके, न पढाइलाई नै अगि बडाउन सके ? म पनि ति मानिसहरु जस्तै समयको जालमा झुण्ड भए । हिउँदको बर्फिलो सीतले कोक्रिएर फ्रोजन भए ।
लोग्ने मान्छेलाई यो सोभा दिदैन कि उ नालायक छोरा बनोस् । नकमाउने श्रीमान बनोस् । परिवारको बोझ सदस्य बनोस् । दायीत्वहीन पुरुष बनोस् । त्यसैले त उ हरबखत आफ्नो भन्दा बढि आफ्नो परिवारको लागि सोच्ने गर्छ ।
मेरो बहिनीले उसको साथीसँग आफ्नो दाइको निम्ति दिने परिचय के ? मेरो बुबाले त्यत्रो सभागृहमा सबैको अघि दिने छोराको परिचय के ? मेरो आमाले आफ्नो माइतिलाई छोरा के गर्छ भन्दा दिने जवाफ के ? प्रश्नै प्रश्नको घेरामा उभिएर एउटा पुरुषले आफ्ना निर्मम सपनाको हत्या गर्छ, र लागिपर्छ परिवारको खुसि खोज्न । आफन्तको भोक मेट्न । चिनेजानेकाको लाज छोप्न ।
उ आफूले आफ्नै जिन्दगि बाँच्न बिर्सिदिन्छ ।
तर म त त्यो लायक पनि छैन । त्यतिको काबिल पनि छैन । म ती सक्षम र बहादुर पुरुषहरुलाई सम्मान गर्छु । तर म आफै भने कहिल्यै ति पुरुषहरुमाझ भेटिईन ।
म खुसिको लागी बाँच्दो रहेछु नाकी कमाउन । म रमाउनको लागी बाँच्दो रहेछु नाकी जमाउन । म कमाउन र बाँच्नको लागी सधैँ आफूलाई एउटा सिद्धान्तले बाँधेर राख्दो रहेछु ।
त्यो हो – “ के म खुसी हुन्छु ?”
त्यसो भए के म अपवाद हो ?
के अरु लोग्ने मान्छे जस्तो नहुनु नै अपवाद हुनु हो ? के मैले पनि अरु जस्तै बन्नुपर्छ ? सपनाहरुलाई परिवर्तन गर्नुपर्छ हो ? या त म यसै ठिक छु ?
तर साँच्चै म ओझेल छु । आफ्ना उज्याला सपनाहरु बोकेर यो ठूलो ब्रह्माण्डमा औँशिको रातमा छोपिएर ओझेल परेको चन्द्रमा जस्तै, म छु या छैन कसैलै कति पनि फरक पर्दैन । कसैको यादमा छैन म, कसैको सोँचमा छैन म । कसैको गीतमा छैन म, कसैले प्रीतमा छैन म ।
म हराएको होइन नखोजिएको हो । म बिलाएको होइन नरोजिएको हुँ ।
मलाई त एकलास एकान्तको त्यो तालमा चम्किएरहेको ताराको एउटा टुक्रा बन्न मन छ । पानीका लहरले सुस्तरि सुस्तरि हल्लिदै बिहानीको मिरमिरेमा कसैले नदेखि झरिजान मन छ । निलकुञ्जरी जस्तै बाह्र वर्षपछी फुल्न मन छ कि कसैले देख्न पनि दशक कुर्नु परोस् ।
कोठा पुगेर सामान प्याक गरेँ । बिहानको खाना पकाउन अल्छि लाग्यो । मोबाइलमा न कसैको मेसेज थियो, न फोनकल अल्छि पो लाग्यो । बरालिदै बरालिदै म स्नुकर हाउसतिर लागे । आजकल मेरो अधिकांश समय स्नुकर खेलेर बित्न थालेका छन् । काम छाडेदेखि समय कटाउन मैले स्नुकरलाई सारथी बनाए । स्नुकरमा प्रायजसो म जस्तै मान्छे आउछन् । काम छाडेका या त रिडायर्ड भएका । धेरै जसो मेनपावरका एजेन्टहरु छन् । अनि जग्गाका दलालहरु । बाँकी कोरियन भाषा पढ्दै गरेकाहरु छन् ।
पछिल्लो समय कोरियन भाषा पढ्ने मान्छेहरु यति धेरै भएकी पुतली सडक देखि बागबजार, रत्नपार्क देखि बानेस्वर, गौशला देखी चाबहिलसम्म टम्म भरिएका ति प्रत्येक हुलहरु कोरियन भाषा पढ्नेहरु हुन् । कुनै समय धरहरा देखि दुइटा ढुङ्गा फाल्दा एउटा नर्सलाई अर्को इन्जिनियरलाई लाग्छ भनिन्थ्यो । अहिले दशओटा ढुङ्गा फाल्दा दशैओटाले भाषा पढेकाहरुलाई लाग्छ ।
बेरोजागारी पनि यत्ति भैयोकी आफ्नो देशमा निर्भर भएर त बस्नै नसकिने । हुँदा हुँदा एउटा दले ले मलाई पनि खाडितिर बेच्नलाई आस गरेको अझैँ याद आउछ । म स्नुकर खेलिरहँदा – “लुङ्वा तपाईलाई त इङ्गलिस बोल्न निक्कै राम्रो आउछ होइन ? साह्रै राम्रो डिमान्ड आको छ मलेसियाको ।“
आजकल म स्नुकर खेलिरहदा स्नुकरको स्टाफ देखि त्यहाँ खेल्न आउने सबै मान्छेहरुले मलाई पनि उनिहरु जस्तै बेरोजगार देख्छन् । हुन त म बेरोजगार नै हो । तर कोही किन यो बुझ्दैन सबैलाई जागीरको भोक हुदैन । यो किन सोच्दैनन् कि, कोहीँ क्यास र चेक डेबिट र क्रेडिट गर्दै टेन-टु-फाइब समय बिताउनै चाहदैन ।
सबैको उद्देश्य कमाउनु हो जस्तो लाग्दैन ।
नकमाई बस्न पनि फेरि यहाँ समजको नजरमा नाकाम बन्नु शिवाय केही होइन । मेरो आदर्श बुझेर साथीहरुले सम्झाउछन्, “होइन हौ शिवु, एकपल्ट त बाहिर जानै पर्छ । खान लाउन बस्न त हामीलाई केही समस्या छैन । तर कहि दुख बिमार परेर उपचार गर्नु पर्ने भयो भने, हामी जस्तो मान्छेले के गर्ने भनत ? छोराछोरीलाई राम्रोसँग पढाउनु पर्यो । कमसेकम हामीले जस्तो दुख त नपाओस् ।”
अधिकाशंको सिद्दान्त एउटै छ, हामीले जस्तो दुख हाम्रो छोराछोरीले चाहीँ भोग्न नपरोस् ।
यसरी सोँच्दा उनिहरुको भनाई सतप्रतिशत सहि लाग्छ । सहि के माने मा पनि लाग्छ भने – एक रात त्यसरि नै म स्नुकर खेलेर करिब साढे दश बजे कोठा फर्किदै थिए । याङ्तारु नजिकै सडकका दश बाह्र ओटा कुकुरले मलाई झम्टिन खोजे । म निडर भएर दाँयाबाँया नगरि आफ्नो बाटो सरासर हिडिरहे । मेरो मनमा प्रश्न उब्जिरहेको थियो, ‘यदि यी कुकुर हरुले मलाई टोके भने मैले तत्काल रेबिजको सुइ लाउनु पर्नेहुन्छ । तर मेरो ब्यान्क एकाउन्टमा त जिरो ब्यालेन्स छ । यस्तो बिजोग अवस्थामा म कसलाई गुहार्छु होला । मैले त गुहार्दा गुहार्दै पनि कतिले पैसा दिन नमान्ला । मैले ति कुकुर ले चिथारेको र दाँत गाडेका घाउहरुको फोटोनै देखाउदै अनेक बिन्ती गर्दै अनेकसँग पैसा मागिरहदा कत्तिले त वास्ता पनि गर्दैनन् होला ।’ म यो पीडाको कल्पना पनि गर्न सक्दिन । तर यसको बिकल्प बैदेशिक रोजगार मान्ने आधार के ? म स्वभिमान भन्दा ठूलो आफ्नो ज्यान पनि ठान्दिन ।
एकदिन स्नुकर खेलिरहदा कुरै कुरामा त्यहाँका दाइहरुसँग मेनपावरको बारेमा पनि धेरै कुरा भयो । उनिहरु सबै एकपल्ट बिदेश बसेर अहिले नेपालमा मेनपावरनै खोलेर बसेका रहेछन् ।
कुरै कुरामा एकजना दाइले भनेका थिए, “मेनपावर छ र त यसरि स्नुकर खेलेर पनि खान पुगेको छ नत्र कहाँ बाट टिक्नु भाइ काठमाडौँमा ?”
उनको कुरा मलाई अचम्मको लाग्यो । एउटा एजेन्टले पनि त्यत्रो पैसा कामाउदा रहेछन् । तर हुन पनि होला । केही समय पहिला मैले र मेरा साथीहरुले एउटा मेन पावरको वेबसाइट बनाइदिएका थियौ । त्यति बेलापनि मेनपावरको बारेमा धेरै कुरा थाहा पाएको थिए । एजेन्ट भएर काम गर्न अफिसमा बसि रहन पर्दैन । ति दाइहरु जस्तै बाहिर जग्गाको दलाली गर्दै या अरु साइट बिजनेस गर्दै मान्छे उडाउन सकिने रहेछ । हामीले वेबसाइट बनाइदिएको मेनपावरले पनि हामीलाई युरोपको लागी एउटा मान्छे ल्याए एक लाख र गल्फ कन्ट्रीको लागी एउटा मान्छे ल्याए पच्चिस देखि तीस हजारसम्मको कमिसन दिन सकिने बताएका थिए ।
पछिल्लो समय बिदेश जाने मेरो गाउँ ठाउँको साथीहरु पनि धेरै नै बढेको थियो । म आफैलाई पनि बिरक्त लाग्छ । जब म फुटबल खेल्न जान्थे, पल्ला गाउँका साना भाइहरु – “शिवु दाजु, मलाई किपर भए पनि खेलाउनु ल” भनेर मेरो बाटो कुरेर बस्थे । आजकल तिनै भाइहरु मेसेन्जरमा “दाइ तपाईले चिनेको मेनपावरहरु छैन ?” भनेर सोधिरहेका हुन्छन् । उमेरमा उनिहरु म भन्दा ७/८ बर्षनै कान्छो छन् ।
कोही भन्छन्, “एजेन्टले आफ्नो मान्छेको मात्र भिसा झार्द्यो । हामी नचिनेकोलाई इन्टरभ्यूमा नै फाल्यो । बिदेश जान पनि अब आफ्नो मान्छे चाहिने ।“
अबत त बिदेश जान पनि यत्ति गाह्रो छ की इङ्ग्लिस फरर बोल्दिनु पर्यो । मेडिकल क्लिन हुनुपर्यो । हाइट वेट मिलेको हुनु पर्यो । अनुहार शरिर कतै दाग हुनु भएन । कम्पिटिनसनमा टपमा आउनु पर्यो ।
***
साँढे दुइ बजेको थियो । त्यतिबेला सम्म म स्नुकर हाउसमै थिए । बस काउन्टरबाट फोन आयो । अबको एक घन्टामा गाडी चाबहिल आइपुग्ने र गाडी आइपुग्न अगावै मलाई बसस्टपमा आइपुग्नको निम्ति सतर्क गरायो । म पनि स्नुकरको लास्ट फ्रेम खेलेर कोठातिर फर्किए । सामान सबै प्याक नै थियो । अक्सर म कतै हिड्दा सामान कम बोक्नेमा पर्छु । पार्सल, कोसेलि या पठाउनि खासै म कसैको पनि बोक्दिन ।
यो भने अलि स्पेशल पार्सल थियो । झोलामा एउटा पाइन्ट एउटा ज्याकेट अनि एउटा जुत्ता र सर्ट सिवाय आफ्नो लागी अरु केही बोकेको थिइन । मेरो झोला सानो र हलुका थियो । पार्सललाई पनि झोलामा राम्रोसँग राखेको थिए ।
कोठामा आइपुग्दा ठ्याक्कै तीन बजेको थियो । अझैपनि आधाघण्टा समय त डल्लै थियो । तर ढिलोगर्नु भन्दा छिटो पुग्नु बेस सम्झेर आधाघण्टा अगाडिनै म बसस्टपतिर जाने निधो गरें । अन्तिमपल्ट झोलालाई एकपल्ट फेरि खोलेर रि-चेक गरे । आफ्नो कपडा भन्दापनि म पार्सलमा बेसि सतर्कता अपनाइरहेको थिए । करिब पाँच केजी जतिको पहेँलो झोला बाहिरबाट सेतो टेपले र्याप गरेको र कालो मार्करले पाउने ब्यक्तिको नाम लेखिएको थियो –“सुजता चेमजोङ्; धनकुटा ।”
बसस्टपमा ठुला ठुला झोला सहित म सँगै केही समयका लागी यात्रा गर्न लागेका सहयात्री गाडी कुरिरहेका थिए । झोला देखेर र पर्फ्युमको त्यो वास्नाले थाहा पाउन सकिन्थ्यो कि ति यात्रीहरु दुर दराजदेखि आएका थिए । कतार, साउदि, मलेसिया कहाँ बाट ? खैर, जहाँबाट आएका भएपनि कहाँ जादै थिए, म भन्न सक्थे । किनकी त्यो त झोलैमा लेखेको छनि – “बर्दिबास, सुवास मगर ।”
साँढे तीन बजेको टिकट चार बजिसक्दा पनि गाडी आइपुगेको थिएन । सँगैको यात्रुले फोन गर्दा चक्रपथको जाममा अड्केको र खुल्ने बित्तिकै आउने भनेर उताबाट जवाफ दिइरहेको थियो । मलाई यो नाइट गाडिहरुको यहि बानि पटक्कै मन पर्दैनथ्यो । घण्टौं अगाडी बोलाएर, पर्खाएर राख्नु ।
लोकल गाडी हुइकिएर आयो । हाम्रो अगाडी रोक्यो । गाडीको सहचालक ढोका खोलेर चिच्याउन थाल्यो — “ए चुच्चेपाटी, भाटभटेनी, बौद्ध, पिपलबोट, चामुण्डा गेट, जोरपाटी, गोकर्ण ! गोकर्ण !!”
उसको बोलिमा एकठाउँ आएर म रोकिए, “चामुण्डा गेट ।” र त्यहीँ आवाज मेरो कानमा गुञ्जिन थाल्यो ।
“चामुण्डा गेट पेट्रोल पम्पमा आउनुन है !”
***
काम छाडेको तीन महिना बितिसकेको थियो । नयाँ जागिर खोज्ने केहि योजना पनि थिएन । एकदिन अचानक साँझ आठ बजेतिर जितेन अंकलको भिडियोकल आयो । मैले कललाई उठाएँ । अंकल बाटोमा हिँडिराख्नु भएको थियो । मुखमा गुड्का चपाइरहेको र मदिरा सेवनले बोलि लरबराइरहेको थियो । साथमा एउटा भाइपनि पछिपछि आइरहेको देखिन्थ्यो ।
“तँलाई एउटा कुरा भन्नुपर्यो भनेर फोन गरेको “ भिडियो कलको सुरुवातिमै अंकलले भन्नुभयो ।
मैले उहाँको कुरालाई ध्यान दिएर सुने ।
“एउटा नयाँ फ्रेस स्कुटर छ । निकालेको पाँच महिनामात्र भयो । अर्जेन्टलि बेच्न लागेको छ । त्यो मान्छे मैले चिनेको मान्छे हो । मामा पर्छ । उसको छोरीको हो स्कुटर अस्ट्रेलिया जान लागेको छ । तँ गाडि किन्ने भन्दैथिस् । तलाई ठिक हुन्छ काठमाडौँमा बाइक भन्दा त बरु स्कुटरनै । त्यै ओहोर दोहोर त होनि । स्कुटर राम्रो छ । चिनजान पनि हो । तैँले लिदा ठिक हुन्छ । के भन्छस् केटा ?”
एकैछिन त म अक्क न बक्क परे । अचानक आएको मौकामा मैले दुई मिनेट सोच्न पनि सकिन । भक्तको लागी भक्ति, रैतिको लागी ऋण, हामी जस्तो मिडल क्लास फ्यामिलिको लागी पैसानै सबथोक रहेछ । सबैभन्दा पहिला मेरो मुखमा त्यहीँ नै फुर्यो ।
“कतिमा दिने भन्दैछ ?”
मेरो प्रश्नले अन्कल पनि एकछिन कड्किए । गुड्कालाई चपाए र पिच्च थुक फालेर बोल्न थाले ।
“पैसा त हेर अब एक लाख अस्सी हजार भन्दैछ । चिनेकै पनि हो मिलाउन लाउदा मिलाई हाल्छ । तर स्कुटरचाहीँ दाम्मी छ है केटा । त्यो मामा कहिलेकाहीँ स्नुकर खेल्न आउदा लिएर आउछ । नयाँ छ । त्यो अहिले यहाँ जसले पनि किनिहाल्छ । त आफ्नै मान्छे परिस मामालाई मैले कुरा नछोड्नु भन्या छु । एकपल्ट बिचार गर । “
लाखको कुरा सुन्ने बित्तिकै मेरो दाँतबाट पसिना बग्न थाल्यो । मैले तत्काल त्यति पैसा जम्मा गर्न सक्ने क्षमता थिएन । तर एउटा सेकेन्डह्यान्ड नै भएपनि दुई पाङ्ग्रे गाडिको भने मलाईपनि खाँचो थियो । स्नुकर खेल्न जानैको लागी भएपनि पैदल ओहोर दोहोर गर्नत निक्कै मुस्किल पर्ने रहेछ ।
“खै हौ अंकल अहिले नै त त्यत्रो पैसा छैन । तर छोरी गए पनि घरकाले चलाउदा भइहाल्ने किन बेच्न लागेछन् ।“
मैले आफ्नो रहरलाई आर्थिक अवस्थामा झुँकाएर बोले ।
“के त्यो मुला बुढाको घरमा गाडी नै गाडी छ । उसको आफ्नै बाइक छ ।“
“मिलाउदा कतिसम्म दिन्छहोला त ?”
कतै लाखभन्दा तल त आइपुग्दैन भन्ने झिनो आसले म अंकललाई नै सोधिरहेको थिए । मानौ अन्कलनै त्यो मान्छे हो, जोसँग मैले स्कुटर किन्नेवाला छु । र मुल्यमा नेगोसिएट गरिरहेको छु ।
“अलिअलि त मिलाउछ होला ? कति सम्म हाल्न सक्छस् त ?”
कुनै समय स्कुल वा कलेजमा पढेको कुरा याद आयो । नेगोसिएट पहिलो मुल्यको आधारमा निर्भर गर्छ रे । यो रिसर्चरले नै बताएका छन् । हुनपनि होला सायद । किनकी अब म कति हाल्छु भन्नु ? यदि पहिलो मुल्य लाख भनेको भए मैले पचहत्तर हजार भन्ने थिए होला । यदि पहिलो मुल्य अस्सि हजार भनेको भए, मैले पचास हजार भन्ने थिए होला ? तर यहाँ त पहिलो मुल्य नै एक लाख अस्सि हजार भएपछी मैले न पचहत्तर हजार भन्न सक्छु ? न पचास हजार ? मलाई त एकलाख हाल्छु भन्न पनि सरम लाग्यो जबकी मेरो क्षमता एकलाख हाल्न सक्ने पनि थिएन ।
“अब अहिले त पैसा छैन अंकल । अलि पछि भयो भने हेरमला नी ?”
“कैले हुन्छत तँ सँग ? हेर, दसपन्द्र हजारसम्म त म पनि हाल्दिन्छु तलाईँ ।“
अन्कल अलि हतारमै हुनुहुन्थ्यो । मदिराको नसामा भएर पनि होला । मलाई उहाँसँग कुरा छोट्याउन मन लाग्यो । एक त म सँग पैसा थिएन । अर्को कुरा उहाँको कुरामा म अलि विश्वस्त थिइन ।
“अब अलिदिन हेरुम न । म पैसा भएपछि तपाईलाई कन्ट्याक गर्छु नी ।“
कन्भर्सेसनको कन्क्लुजन गर्ने उद्देश्यले मैले भने ।
“बिचार गर है केटा यस्तो अवसर फेरी आउदैन ।“
त्यसको भोलिपल्ट फेरि स्कुटरको तीन एन्गलबाट खिचिएको फोटो पठाएर अन्कलले भोइस मेसेज पठाउनु भएको रहेछ ।
“स्कुटर यहीँ हो केटा, फ्रेस छ । एभरेज पैतिसको माइलेज दिन्छ ।“
हिजो नसामा भनेको होला भनेर अन्कलको कुरा खासै ख्याल गरेको थिइन । तर आज फ्रेसमा पनि उहीँ कुरा दोहोर्याएको देखेर मलाई पनि खासियत बुझ्न मन भयो ।
फोटो देखि सकेपछि मलाई पनि स्कुटरले लोभ्यायो । सफ्ट निलो आकासे कलर, कतै नकोरिएको नयाँ देखिने भेस्पा ड्युल स्कुटरको आउट लुक्सले मलाई पनि आकर्षित गर्यो । पाँच महिना मात्र कुदेको स्कुटरको इन्जिनमा के शंका गर्नु ? मलाई स्कुटर किन्ने धोको पलायो । मलाई खाँचो पनि त छ । तत्काल अंकल लाई भोइस मेसेज गरे – “अलि प्राइस चाहीँ मिलाउनु लाउनु न । भयो भने किनिहाल्नु पर्ला ।“
अंकलले रिप्लाई गरिहाल्नुभयो, “कति सम्म हाल्न सक्छस्?”
मैले आफैलाई पनि यहीँ प्रश्न गर्नु थियो । साँच्चै मैले कतिसम्म चाहीँ हाल्न सक्छु होला त ?
“एक तिस” लेखेर पठाए ।
“त्यत्रो त के मान्ला र ? तै पनि म एकपल्ट कुरा गरिहेर्छु ।“
“लास्ट एक चालिस ।“
“एक पचास चाहीँ ठीक होला ।“
“त्यत्रो त पैसा छैन ।“
“कुरा गरिहेरुम न ।“
मैले बाकि कुरा अंकललाई जिम्मा दिएर पैसा जम्मा गर्नतिर लागे । चार महिनाको स्यालरी मैले पाउन बाँकि थियो । पच्चिसको दरले चार महिनाको एकलाख हुन जान्छ । तर पछिल्लो तीन महिना भने मेरो लिभ धेरै र ओटी नभएको कारण धेरै नै गयल भएको थिए । यसरी सबै हिसाब गर्दा तिह्रानब्बे हजार सातसय पैतिस रुपैँया पाउन बाँकी रहेछ । मैले साथीको एक्सिडेन्ड परेर तत्काल खुट्टाको अपरेसन गर्नुपर्ने भएको कारण आफूलाई तत्काल पैसा चाहिने भनि प्रिन्सिपललाई कल गरेर भने । प्रिन्सिपलले फाउन्डरहरु सँग सल्लाह गरेर तत्काललाई तीन महिनाको तलबचाहीँ मिलाउन सकिने जवाफ दियो । मैले आफूलाई अत्याधिक आवस्यकता भएको कारण जसरि भएपनि आफ्नो सम्पूर्ण पाउन बाँकी तलब तीन दिन भित्रमा उपलब्ध गराउन आग्रह गरे । उनले पनि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने जवाफ दिए । लगत्तै मैले सञ्चय कोषको लागी पनि निवेदन लेखे । सञ्चय कोषबाट मैले पाउन लगभग पचपन्न हजार थियो । तर सञ्चय कोषको पैसा आउन एकहप्ता देखि दश दिन या त्यो भन्दा बढि समय लाग्ने भयो । मैले हस्पिटलको नक्कली बिल र पूर्जि बनाएर आफूलाई तत्कालै पैसाको खाँचो भएको जानकारी गराउदै फेरि निवेदन लेखे । तर छिट्टो गर्दापनि प्रकृयाबद्ध रुपमा पैसा आउन एकहप्ता लाग्दो रहेछ । उता स्कुटर धनिले तोकेको मुल्यभन्दा एकपैसा घटाउन नमानेको तर आफूले निरन्तर कन्भिन्स गरिरहेको भनेर अंकलले भन्दैहुनुहुन्थ्यो ।
तीनदिनपछी पाउन बाँकी सबै तलब खातामा जम्मा भएको थियो । आउन बाँकी थियो त केवल सञ्चय कोषको पैसा । त्यसको लागी अझै चारदिन कुर्नु पर्ने थियो । मलाई यता स्कुटर किनिहाल्न हतासले छटपट्टि सकेको थिए । सञ्चय कोषबाट आउन बाँकि पैसा जोड्दा मेरो खातामा ठ्याक्कै एकलाख पचास हजार हुन्थ्यो । दुइ हजार बत्तीको पैसा तिर्न राखेको थिए । यो चोटि बत्तिको पैसा पनि नतिरिने भैयो । ओहोर दोहोरमा सस्तो खर्च गर्दा पनि दस हजार त खर्च हुन्छनै । दस हजार जत्ति चाहीँ अन्कललाईनै थप्दिन लाउन पर्ला । यस्तै यस्तै मनमा कुरा खेलाई रहेको थिए । अचानक मोबाइलमा कान्छा मामाको भिडियो कल आयो ।
“के गर्दैछस् केटा ?” कल उठाउने बित्तिकै मामाले सोध्नुभयो ।
मैले मोबाइलमै दुइहात जोडेर सेवारो गरें । हालखबर र सञ्चो बिसञ्चो सोधा-सोध भयो ।
“तेरो कोहीँ चिनेको साथीहरु पूर्व जाने छन् कि छैनन् ?” मामाले सोँध्नुभयो ।
“किन के काम थियोर मामा ? बेलबारीसम्म त एकदुईँ दिनमा मै पनि जाँदैथिए ।”
“ए होर ? त्यहाँ तेरो माइजुले के पार्सल पठाएको रहेछ बहिनीको साथीलाई । जोरपाटि कता बस्याछन् रे, पोखरा गैहाल्ने भन्दैथिए । “
म मामाको कुरा खुब ध्यानपुर्वक सुनिरहेको थिए । उहाँ एकछिन रोकिनु भयो । हातमा स्क्रु ड्राईभरले कुनै मेसिनको जाँच गरिरहेको जस्तो पनि देखिन्थ्यो ।
“त्यसो भए पार्सल तैले लिएर राख्नु । बेलबारी जाँदा इटहरिदेखि ट्याक्सिमा धनकुटा पठाइदिनु । म त्यो केटिहरुको नम्बर तलाई पठाइदिन्छु । कैले लिन जान्छस् ?”
एकैछिन रोकीए । म भर्सक चाँडै नै बेलबारि जाने सुरसारमा थिए ।
“भोलीनै जान्छु ।“ मैले जवाफ फर्काए ।
“ठिक छ त्यसो भए म नम्बर पठाइदिन्छु ।“
भोलिपल्ट सात बजेनै खुरुक्कै मैले नम्बरमा कल गरे । दुई कलमा पनि फोन उठेन । तेस्रो पल्टको कलमा फोन उठ्यो । तर आफू मिटिङमा भएको कारण कुरा गर्न नमिल्ने र एकघण्टा पछि कल गर्नु भनि उसले फोन राखी । म चोकमा निस्किएर साथीहरूसँग गफिदै चिया चुरोटको धुँवासँग राजनिति पनि उडाइरहेको थिए । एकघण्टा पछी उसले कल गर्न भनेकी थिई । मैले पुन: कल गरे । आफू पार्सल लिनको लागी आउन लागेको कुरा बताए । तर उसले आज दिनभर भेट्न नमिल्ने बताई । मैले साँझसम्म कुर्नुपर्यो । साँझ पाँच बजिसकेको थियो । उसैले फोन गरेर बोलाएकी थिई – “चामुण्डा गेट पेट्रोल पम्पमा आउनुन है !”
म साथीको बाइक लिएर कपन देखि माहाङ्काल लागे । माहाङ्कालबाट बौद्ध हुदै म पिपलबोट पुगे । पिपलबोटबाट एकैछिनमा म चामुण्डागेट पेट्रोलपम्म पुगे । त्यहाँ पुगेर मैले उसको नम्बरमा फोन गरे । आफू आउदै गरेको उनले जानकारी दिई । करिब पच्चिस मिनेट मलाई कुराएर उनिहरु तल्लो पट्टीको गल्लीबाट निस्किए । एउटाले पहेँलो र गाँढा खरानी रङको वन पिस लागाएकी थिइँ भने अर्कीले कालो ठूलो हुडि र निलो टाइट जिन्सको पाइन्ट लगाएकी थिइँ । उनिहरु दुइजना थिए । उनिहरु भन्दा पहिला, उनिहरुको त्यो चकलेटी पर्फ्युम म समक्ष आइपुगिसकेको थियो । मेरो नजिक आएर वनपिस लगाउने केटिले प्रश्न गरि – “तपाईनै हो ?”
“हो ।“ मैले भने ।
“तपाईँको नाम के हो ?”
“शिवु लिम्बू”
“के पर्नुहुन्छ सुजुको ?”
जत्ति सुन्दर उत्तिनै चलाख केटिहरु ।
म उनिहरुको सुजुसँग अपरिचित थिए । मामाले भन्नुभएको माइजुको बहिनिको पार्सल हो । तर माइजुको कति बहिनी छन् ? त्यो मलाई थाहा थिएन ।
अनि अर्को कुरा, माइजुको बहिनीलाई के भन्छ ? म साइनो केलाउन जान्दिथिए ।
कालो हुडी लाउने केटीले मेरो अनुहार राम्रोसँग हेर्न खोजी । सायद उनिहरुलाई लाग्यो म कतै गलत मान्छे त होइन ? उनिहरुको सहजताको लागी मैले हेल्मेट खोलिदिए । एउटा परिचयात्मक मुस्कान खोले र भने – “उहाँ मेरो आफन्त पर्नुहुन्छ । मेरो आफ्नै माइजुको बहिनी हो ।“
अबभने दुइटै केटीको अनुहार उज्यालो भयो । अझै नजिक आएर बोल्न थाले । यहीँ मौकामा मैले दुबैजनाको अनुहार हेरे । वन पिस लाउने केटी अलि मोटी र गोरि थिई । पक्कै पनि गुरुङ्नी होला ? तर कलो हुडी लाउने केटी अलि पातली थिइ । पक्कै तामाङ्नी या त मगर्नि हुनुपर्छ । सुन्दर्ताको कुरागर्दा दुइटै सयमा उनान्सय ।
मोटी अलिबेसी बोल्ने त पातली अलि कम या त परेको बखत बाहेक बोल्दै नबोल्ने स्वभावकी थिइँ । यी दुइटीको साथी जो मेरो माइजुको बहिनी पर्छे, ऊ कस्ती होला ? मनमा एक किसिमको खुल्दुली पलायो । यत्ती राम्रो मान्छेको साथी राम्रैनै होलानी ? मनमनै सोँचे । तर जस्तो भएपनि मलाई कुनै उपलब्धी हुनेवाला थिएन ।
“तपाईँको नम्बर दिनुस् त ।“
मोटि केटीले मेरो नम्बर मागी । पातलीले मेरो बाइक हेर्दै थिइँ । सायद नम्बर कण्ठ गरेको हुनुपर्छ ।
“अगाडी कल गरेको नम्बर मेरो हो ?”
“एनटिसी को हो ?”
“होइन । एनसियल को हो ।“
“ए, एन्टिसीको चाँही दिनु त, यो एनसेलमा फोन नै लाग्दैन ।“
मैले उसलाई आफ्नो एनटिसको नम्बर, नाम र ठेगाना दिए । सायद उसले आफ्नो साथीलाई म्यासेज लेखेको हुनुपर्छ मोबाइलमा टाइप गर्नथाली ।
“कैले जाने हो तपाई ?”
“भोलि । नाइटमा ।”
“भनेपछि पर्सि पुग्नुहुन्छ ?”
“हजुर । उहाँलाई मेरो नम्बर दिनुस् सायद दस बजे सम्ममा उहाँको पार्सल धनकुटा पुगिसक्नेछ ।“
“हुन्छ । तपाई पनि उसको नम्बर लिराख्नुस् पुग्नुभन्दा पहिला एकपल्ट कल गर्नुभयो भने सहज हुन्छ ।“
मैले नम्बर र पार्सल लिएर खुरुखुरु आफ्नो कोठा फर्किए । साँझ अंकललाई भोलिनै आफू बेलबारि आइपुग्ने जानकारि गराए । पुग्नु त मलाई बेलबारिसम्म मात्र थियो । तर पार्सल भएको कारण धनकुटासम्म जानुपर्ने भयो । पार्सल मामाले भनेजस्तै इटहरीबाट गाडिमा पठाउनपनि सक्थे । तर स्पेसल मान्छे खाँको पार्सल भएको कारण स्पेसल सुरक्षाकोचो मैले अनुभव गरे । र आफैले पुर्याउने निर्णय गरे । मलाई एकपल्ट माइजुको बहिनि देख्न पनि त मन छनी । अब धनकुटासम्म पुगेको मान्छे, एकैछिन घर निस्कन कत्ति टाँढापो भयोर ? बल्लबल्ल आउन पाएको छ ।
तसर्थ: आफ्नो यात्राको गन्तब्य तेह्रथुम सम्मकै बनाए ।