२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा सम्पन्न

२० पुष २०८२, आईतवार ११:२१

Share

काठमाण्डाैँ

लिलाध्वज थापा साहित्य प्रतिष्ठानले आयोजना गरेको सम्मान, पुरस्कार वितरण तथा रचनावाचन कार्यक्रम भव्य र गौरवपूर्ण रूपमा सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष विजयध्वज थापाको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहमा चर्चित हास्यव्यङ्ग्यकार तथा ‘फित्कौली’ नायक नरनाथ लुइटेललाई सम्मानित गरिएको हाे।

कार्यक्रममा सभापति थापाले लुइटेललाई दोसल्ला ओढाएर ‘लिलाध्वज थापा स्रष्टा सम्मान’ तथा दश हजार रूपैयाँ राशिको नगद पुरस्कार प्रदान गर्नुभयो।

वृन्दा ढुङ्गानाको सटिक उद्घोषण र राष्ट्रियगानबाट सुरु भएको कार्यक्रममा आख्यानकार रामप्रसाद पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रा.डा. अर्जुनदेव भट्ट, कवि नरेन्द्रराज पौडेल, अध्यात्म चिन्तक हरिभक्त सिग्देल, प्रा.डा. गोविन्दमानसिंह कार्की, बालमुकुन्ददेव खनाल, वसन्त थापा र कलानिधि दाहाल लगायतका विशिष्ट साहित्यकारहरूको आतिथ्य रहेको थियो।

सम्मान कार्यक्रमपछिको दोस्रो सत्रमा रचनावाचन तथा शुभकामना आदानप्रदान गरिएको थियो। यस सत्रमा उपस्थित साहित्यकारहरूले कार्यक्रमलाई भव्य र सौहार्द्रपूर्ण बनाएका थिए। कार्यक्रममा रामप्रसाद पन्त, प्रमोद नेपाल, मदनप्रसाद नेपाल, मधुसुदनप्रसाद घिमिरे, मिरा पोख्रेल काफ्ले, महेश रिजाल, टकबहादुर लौडारी, वीरबहादुर लोहनी, शालिग्राम दाहाल, भोजराज रेग्मी ‘मुखाले’, बद्री उप्रेती, डा. मेघराज ढकाल लगायत ५० भन्दा बढी स्रष्टाहरूले आ-आफ्ना रचना तथा मन्तव्य प्रस्तुत गरेका थिए।

विगतका कार्यक्रमहरू भन्दा यसपटकको कार्यक्रम निकै भव्य, व्यवस्थित र सौहार्द्रपूर्ण रहेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। कार्यक्रमको अन्त्यमा सभापति विजयध्वज थापाले उपस्थित सम्पूर्ण स्रष्टा र अतिथिहरूलाई धन्यवाद दिँदै सभा विसर्जन गर्नुभएको थियो।

मन्तव्य तथा रचना वाचन:

  • प्रा.डा अर्जुनदेव भट्ट

  • नरेन्द्रराज पौडेल

  • हरिभक्त सिग्देल

  • प्रा.डा गोविन्दमानसिंह कार्की

  • रामप्रसाद पन्त (स्वागत मन्तव्य)

  • कलानिधि दाहाल

  • विजयध्वज थापा (सभापति)

अन्य स्रष्टाहरू: प्रमोद नेपाल, मदनप्रसाद नेपाल, मधुसुदनप्रसाद घिमिरे, मिरा पोख्रेल काफ्ले, मिरा गजुरेल, शुभद्रा अधिकारी, एनपी जगपुरी, भानुप्रकाश जोशी, मदनराज थापा, महेश रिजाल, राज रजक, रामशरण न्यौपाने, डिल्लीप्रसाद मुल्तिउन, प्रकाश बस्नेत गफाडी, आवेश मिश्र, सुशान्त केसी, टकबहादुर लौडारी, वीरबहादुर लोहनी, शालिग्राम दाहाल, राजेशमान केसी, शशीश्री आचार्य, उमा दाहाल, रूपा रिसाल, प्रमोद भण्डारी, भोजराज रेग्मी मुखाले, जीत कार्की, नानू राना थापा, बमबहादुर थापा जिताली, वृन्दा ढुङ्गाना, गुप्तबहादुर श्रेष्ठ, राजेन्द्र खनाल, प्रार्थना खनाल, भागीरथी ज्ञवाली, कर्णदयाल सोडरी, प्रदीप नेपाल, नम्रता उप्रेती, बद्री उप्रेती, डा.मेघराज ढकाल, कृष्णप्रसाद पौडेल, कुमार नेपाल, भुवन शिवाकोटी, लालबहादुर भुजेल, लिला ढकाल, इन्दिरा ढकाल र मोहन खड्का।