हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
काठमाडौं, २७ पुस ।
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा निधन भएको छ। उनी आज बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण मृत फेला परेको उनको निकट स्रोतले जनाएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको निधन दिल्लीको अपार्टमेन्टमै भएको हो।
इन्डियन आइडलको उपाधि जितेर चर्चामा आएका प्रशान्त तामाङ नेपालमा पनि अत्यन्त लोकप्रिय कलाकार थिए। उनले नेपाली संगीत र चलचित्र क्षेत्रमा गायन तथा अभिनय दुवै माध्यमबाट उल्लेखनीय योगदान दिएका छन्।

नारायण रायमाझी निर्देशित चलचित्र ‘गोर्खापल्टन २’ बाट नेपाली फिल्म अभिनयमा डेब्यू गरेका तामाङले ‘हिम्मत २’ बाट पहिलोपटक पार्श्वगायन गरेका थिए। त्यसपछि उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी (भाग १ र २) जस्ता चलचित्रमा अभिनय गरेका छन् भने दिल, अनमोल छन् र हिम्मत २ मा पार्श्वगायन गरेका छन्।
उनले सलमान खान अभिनीत बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउडमा डेब्यू गरेका थिए। फिल्मको छायांकन सम्पन्न भइसकेको थियो र उनी डबिङको तयारीमा रहेका थिए।
भारतको दार्जिलिङमा जन्मिएका तामाङले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए। उनीहरूको एक छोरी छन्। कलाकारितामा आउनु अघि उनले केही समय कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा पनि सेवा गरेका थिए।
सन् २००७ मा उनको डेब्यू एल्बम ‘धन्यवाद’ सार्वजनिक भएको थियो। ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका अत्यन्त चर्चित गीतहरू हुन्। साथै, उनले नेपाली टिभी श्रृंखला ‘तीतो सत्य’ मा पनि अभिनय गरेका थिए।
प्रशान्त तामाङको निधनको खबर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा शोक र समवेदनाका सन्देशहरूको ओइरो लागेको छ।