२४ चैत्र २०८२, मंगलवार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

२८ पुष २०८२, सोमबार १५:४५

Share

२८ पुस २०८२

काठमाडौं ।

सलाका कृषि लिमिटेडको वार्षिक साधारण सभा आज सोमबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। सभामा कम्पनीका अध्यक्ष आङ फुर्वा शेर्पाले कम्पनीको हालसम्मको प्रगति, वित्तीय अवस्था, उपलब्धि तथा भावी योजनाबारे विस्तृत जानकारी गराउनुभएको थियो।

अध्यक्ष शेर्पाका अनुसार सलाका कृषि लिमिटेड २०७१ सालमा स्थापना भई २०८१ सालदेखि पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालन हुँदै आएको छ। हाल गोकर्णेश्वर नगरपालिका–१, नयाँपाटी  क्षेत्रमा सञ्चालनमा रहेको सलाका डेरी फार्मलाई नमुना कृषि उद्यमका रूपमा विकास गरिएको उहाँले बताउनुभयो।

हाल कम्पनीको फार्ममा १७० ओटा होलस्ट्यान र जर्सी जातका गाई रहेका छन्। ८७ रोपनी क्षेत्रफलमा अर्गानिक तरकारी खेती हुँदै आएको छ। गाईका लागि आवश्यक दाना कम्पनीले आफैं उत्पादन गर्दै आएको र जैविक मल उत्पादनमार्फत माटो, वातावरण तथा उत्पादन प्रणालीलाई दिगो बनाउँदै लगिएको अध्यक्षले जानकारी दिनुभयो।

फार्मबाट उत्पादन हुने दूध, दुग्धजन्य पदार्थ तथा अर्गानिक तरकारी आफ्नै आउटलेटमार्फत बिक्री वितरण भइरहेको छ भने ‘सलाका फर्टिलाइजर’ देशका विभिन्न भू–भागमा आपूर्ति हुँदै आएको छ। कम्पनीले प्रत्यक्ष रूपमा ४० जनाभन्दा बढीलाई रोजगारी दिएको र किसानहरूसँग सहकार्य गर्दै दूध संकलन तथा दाना आपूर्तिमार्फत अप्रत्यक्ष रोजगारी सिर्जना गरिरहेको अध्यक्ष शेर्पाको भनाइ छ।

सलाका कृषि लिमिटेडले काठमाडौं जिल्लास्तरीय उत्कृष्ट किसान, राष्ट्रिय तथा प्रदेशस्तरीय उत्कृष्ट उत्पादनको रूपमा विभिन्न सम्मान प्राप्त गरिसकेको पनि सभामा जानकारी गराइएको थियो। साथै नेपाल सरकारबाट हाईजिनिक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमाणपत्र प्राप्त भएपछि अन्तर्राष्ट्रिय बजारमा समेत दुग्धजन्य उत्पादन निर्यात गर्ने योजना रहेको अध्यक्षले बताउनुभयो।

भविष्यका योजनाबारे अध्यक्ष शेर्पाले चालु आर्थिक वर्षभित्र दैनिक १५ हजार लिटर दूध प्रशोधन गर्न सक्ने दूध प्रशोधन प्लान्ट स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै तराई क्षेत्रमा शाखा विस्तार, उत्पादन क्षमता वृद्धि, आउटलेट संख्या बढाउने तथा प्रिमियम गुणस्तरका नयाँ दुग्धजन्य उत्पादन बजारमा ल्याउने योजना समेत सार्वजनिक गर्नुभयो।

अध्यक्षले गुणस्तरीय उत्पादन, उपभोक्ताको विश्वास, शेयरधनीको सहयोग र कर्मचारीको मेहनत नै कम्पनीको मुख्य शक्ति भएको उल्लेख गर्दै दिगो, प्रविधिमैत्री र व्यावसायिक कृषि उद्यमको रूपमा सलाका कृषि लिमिटेडलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभाको अन्त्यमा अध्यक्ष शेर्पाले शेयरधनी, कर्मचारी, किसान साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।