२३ चैत्र २०८२, सोमबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा

२९ पुष २०८२, मंगलवार ११:२२

Share

सङ्खुवासभा

सङ्खुवासभाका प्रतिष्ठित पर्यटन व्यवसायी तथा समाजसेवी मिङ्मा शेर्पा आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रने भएका छन्। लामो समयदेखि पर्वतारोहण र उड्डयन क्षेत्रमा सफल उद्यमीको पहिचान बनाएका शेर्पाले अब राजनीतिको माध्यमबाट जिल्लाको सेवा गर्ने तयारी थालेका हुन्।

शेर्पालाई विशेषगरी सङ्खुवासभामा एक ‘परोपकारी व्यवसायी’का रूपमा चिनिन्छ। उनले आफ्नो हेलिकप्टर व्यवसायलाई नाफामा मात्र सीमित नराखी जिल्लाका विपन्न र असाहाय नागरिकहरूको उपचारमा निरन्तर सहयोग गर्दै आएका छन्। दुर्गम भेगका सुत्केरी महिला र आकस्मिक बिरामीहरूको निःशुल्क वा सहुलियत दरमा हेलिकप्टरमार्फत उद्धार गरी उनले स्थानीयको मन जितेका छन्।

रवि लामिछाने नेतृत्वको रास्वपामा आबद्ध भएका शेर्पाले “निजीस्तरबाट गरिने सेवाको सीमा हुने भएकाले, राज्यकै नीतिगत तहमा पुगेर जनताको सेवा गर्न” राजनीतिमा होमिएको बताएका छन्। उनको उम्मेदवारीले सङ्खुवासभाको राजनीतिक समीकरणमा नयाँ उत्साह थप्ने स्थानीयको विश्वास छ।