हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
हजारौं नाबालिगहरुलाई विश्व प्रख्यात धनाड्यहरुको मनोरञ्जनका निम्ती तस्करी र बलि, यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको क्रुरता गरिएको प्रमाण भएको एपस्टीन फाईल के हो त ? यो लेखमा यस विषयको सतही ज्ञान लेखिएको छ।
जेफ्री एपस्टीन एक प्रशिद्ध व्यापारी र राजनितिज्ञ थिए, जस्ले फिजिक्स पढाउने शिक्षक देखि Bear Stearns नामको ठूलो अमेरिकी बैंकको junior assistant / finance staff हुंदै सन 1988 मा उनले आफ्नै financial management firm (J. Epstein & Company) खोल्ने सम्मको यात्रा स्वयंले तय गरेका थिए।
पछि सन 1998 मा Little Saint James Island नामको सानो टापु Epstein ले किनेका थिए। उनले लगभग $7.95 मिलियन (करिब ८ मिलियन डलर) तिरेर सो टापु किनेका थिए। जुन Caribbean Sea मा United States Virgin Islands को नजिकै पर्दछ। Arch Cummin नामका व्यवसायीको स्वामित्वमा रहेको सो टापु Epstein ले सन 1998 मा आफ्नो नाममा पारेका थिए। त्यसपश्चात उनले सो टापुलाई आफ्नो व्यक्तिगत अभयारण्य र लक्जरी स्थल (private villa / secluded estate) को रूपमा विकास गरे जहां ठुला ठुला राजनितिज्ञहरु, सेलेब्रिटीहरु, धनाड्यहरु, तथा शक्तीशाली व्यक्तित्वहरुलाई मनोरञ्जनको निमित्त बोलाईने गरिन्थ्यो। त्यहां पुग्नको लागि याट र प्राईभेट प्लेन अथवा हेलि मार्फत मात्र जान सकिन्थ्यो।
अमेरिकी वित्त व्यवसायी जेफ्री एपस्टीनले किनेको टापु पछि विश्वकै चर्चित आपराधिक घटनामध्ये एकको केन्द्र बन्यो। केहि दिन अघि बाहिर आएको अमेरिकी अनुसन्धान एजेन्सीहरूको लाखौं पेजको रिपोर्ट तथा त्यस संगै बाहिर आएको दशौं लाख फोटो तथा भिडियो सामाग्रीहरुका अनुसार एपस्टीनले यही टापु प्रयोग गरेर नाबालिग केटीहरूलाई झुक्याएर ल्याउने, उनीहरूलाई पैसा र अवसरको प्रलोभन दिने तथा यौन दुर्व्यवहार गर्ने जस्ता गतिविधि सञ्चालन गरेको आरोप लागेको थियो। केही पीडितहरूलाई निजी विमानमार्फत टापुमा ल्याइने गरेको तथ्य अदालतका कागजातहरूमा उल्लेख छ। प्रहरी र एफबीआईको अनुसन्धानले देखाएको छ कि टापु पूर्ण रूपमा निजी र बाहिरी निगरानी कम भएकाले यस्तो अवैध गतिविधि लुकाउन सजिलो भएको थियो। पछि यो प्रकरणलाई “sex trafficking” अर्थात् मानव तस्करीको रूपमा वर्गीकृत गरियो। जसमा आसपासका शहरहरुबाट १२ देखि १७ बर्ष उमेर भित्रका बालिकाहरुलाई विभिन्न प्रलोभनहरु देखाएर ल्याऊने गरिन्थ्यो। एकपटक सो टापुमा पुगि सके पश्चात त्यहांबाट भाग्न लगभग असम्भव मानिन्छ। एक पटक एक महिला भाग्ने प्रयास गर्दा बिच बाटो बाटै समातेर फेरि टापु फर्काई चरम यातना दिई हत्या गरेको दावीहरु पाईन्छ।



सतहमा यसको विवरण नाबालिकाहरुको तस्कर मात्र भनिएता पनि अधिकांश मानव अधिकारवादी संस्था तथा पत्रकारहरुका अनुसार त्यहां तस्करी गरेर ल्याईएका बालिकाहरु माथी चरम यौन शोषण मात्र नभई उनिहरुलाई बलि चढाऊने लगायत Cannibalism अर्थात मानव मांशलाई सन्तान प्राप्ति, धनलाभ, शक्ति प्राप्ति लगायतका स्वार्थहरु पुरा गर्नका निमित्त तन्त्र मन्त्र गरेर खाईएको सम्मको घटनाहरु सार्वजानीक गरिएको छ। जस्मा केहि अत्यन्त भयवह तथा हतोत्साहित हुने किसिमका क्रुर तस्विरहरु समेत ईन्टरनेटमा छ्याप छ्याप्ति भेटिने गरेको पाईएको छ।
सन २०१९ मा जेफ्री एपस्टीनको मानव तस्करीको मुद्दामा सुनुवाई हुदै गर्दा जेल भित्रै संकास्पद मृत्यु भएको थियो। उनको मृत्यु पश्चात पनि धेरै बर्ष सम्म लुकाएर राखिएका यि फाईलहरु अहिले एक्कासी बाहिर आऊंदा त्यसले विश्व राजनितिमा नै ठुलो तहल्का मच्चाएको छ, किनभने यसमा विश्व विख्यात कलाकारहरु, राजनितिज्ञहरु र धनाड्यहरुको संलग्नता देखिएको पाईएको छ। जसमा केहि चर्चित नामहरु र यो काण्डमा उनिहरुको भुमिकाहरु निम्न लिखित छनः
१. Donald Trump –अमेरिकाको राष्ट्रपति ( प्रत्यक्ष संलग्नता र ईमेलमा गरेको वर्तालापहरुको तस्विरहरु देखिएको छ )
२. Bill Clinton –अमेरिकाको पूर्व राष्ट्रपति ( प्रत्यक्ष फोटो र फ्लाइट लगमा देखा परेको )
३. Prince Andrew – बेलायती राजकुमार ( फाइलहरूमा धेरै पटक देखा परेको )
४. Ehud Barak – इजरायली पूर्व प्रधानमन्त्री ( लामो समयसम्म सम्पर्कमा नाम फेला परेको )
५. Al Gore – अमेरिकी राजनीतिज्ञ ( केही दस्तावेजहरूमा नाम देखा परेको सूचीमा समावेश )
६. Michael Jackson – पप स्टार ( फोटो र सामाजिक सन्दर्भमा प्रत्यक्ष )
७. Leonardo DiCaprio – प्रसिद्ध अभिनेता ( सूचीमा उल्लेख)
८. Cameron Diaz – अभिनेत्री ( सूचीमा नाम फेला परेको )
९. Kevin Spacey – अभिनेता ( फोटो/साझा घटना )
१०. Naomi Campbell – सुपर्मोडल ( नाम फेला परेको )
११. Bruce Willis र Cate Blanchett
१२. Alan Dershowitz चर्चित अमेरिकी वकील।
१३. Bill Gates – माइक्रोसफ्ट सह-संस्थापक ( केही दस्तावेजहरूमा उल्लेख )
१४. Elon Musk – अर्बपति टेक उद्यमी ( ईमेलहरुमा उल्लेख र केहि फोटोहरु समेत देखिएको )
१५. Leslie Wexner – व्यवसायी, ( Epstein का प्रारम्भिक वित्तीय सम्बन्ध )
१६. Barack Obama – अमेरिकाको पूर्व राष्ट्रपति ( संलग्नताको केहि दावी )

यि नामहरु सो चर्चित एपस्टीन फाईलहरुमा सार्वजानीक केहि चर्चित नामहरु हुन जसले एपस्टीन टापुमा गएर त्यहां हुने अपराधहरुको खुला समर्थन गर्नुका साथै त्यसमा सकृय सहभागी समेत भएको भनेर दावी गरिएको छ।
सन 1998–2019 बीचका घटनाहरू समेटिएको, ३५ लाखभन्दा बढी पेज कागजात र २ लाख ८० हजारभन्दा बढी फोटो २ हजार भन्दा बढि भिडियो समावेश भएका Jeffrey Epstein सम्बन्धी दस्तावेजहरूले संसारका सम्पत्ति सम्पन्न, शक्ति सम्पन्न वर्गहरूले कसरी नियम र कानुनहरू आफ्नो अनुकुल बनाउँछन र कसरी क्रुर भन्दा क्रुर कार्यहरू गर्ने अवस्थामा रहन्छन् भन्ने भयानक वास्तविकता उजागर गरेकाे छ ।
यी दस्तावेजहरूले धनी र प्रभावशाली व्यक्तिहरू आफ्ना सञ्जाल, सम्पत्ति र सामाजिक शक्ति प्रयोग गरेर कानुनी निगरानी र सामाजिक नियमनलाई पराजित गर्ने तरिका अपनाउँछन भन्ने स्पस्ट देखाएकाे छ। साथै, व्यक्तिगत लाभ र विलासिताका लागि मानव अधिकार उल्लंघन, शोषण र अवैध गतिविधिहरू गर्न पनि उनीहरू पछि पर्दैनन भन्ने दर्शाउँछ। Epstein फाइलहरू केवल एक व्यक्ति वा घटना मात्र नभएर, विश्वभरका पूँजीवादी/पुँजीपति वर्गका संरचनात्मक शक्तिको उदाहरण हुन् — जसले देखाउँछ कि कानून र नियमहरू सधैं सबैका लागि समान रूपमा लागु हुँदैनन् र कतिपयले आफ्नो शक्ति र धन प्रयोग गरी समाज र मानव जीवनमाथि नियन्त्रण जमाउँछन।
यी दस्तावेज र तस्विरहरूले सामाजिक चेतना जगाउने, शक्तिको दुरुपयोग रोक्ने र कानुनी सुधारको आवश्यकता दर्शाउँछन।



